पहेँलो धातु सुनको मूल्य बुधबार प्रतितोला तीन सयले ओरालो लागेको छ ।स्थानीय बजारमा तोलामा नै एक हजार एक सयले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार आठ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
छापावाला सुन मङ्गलबार तोलामा ९० हजार एक सयमा कारोबार भएको थियो ।यस्तै तेजाबी सुन तोलामा ८९ हजार तीन सय ५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन मङ्गलबार तोलामा ८९ हजार छ सय ५० मा कारोबार भएको थियो ।यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार तीन सय ६० मा मङ्गलबार कारोबार भएको चाँदी आज भने एक हजार तीन सय ४५ मूल्य निर्धारण भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |