सीमा विवादका बावजुद चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत भ्रमण गर्ने भएका छन् ।भारतमा आयोजना हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी दिल्ली आउन लागेका हुन् ।
लद्दाख तथा दोक्लम सीमा क्षेत्रमा केही वर्षदेखि नै दुई देशबीच विवाद र झडप भइरहँदा चिनियाँ नेताको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाले २००९ मा ब्रिक्स गठन गरेका हुन् ।
उक्त बैठकमा दुई देशको सीमा विवादले गर्दा असर नपार्ने भन्दै चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।चीनले विज्ञप्ति जारी गर्दै यस पटकको बैठक आयोजनामा भारतलाई समर्थन गर्ने जनाइसकेको छ ।
ब्रिक्स बैठक आर्थिक सहयोग, राजनीतिक र सुरक्षा सहयोग, सांस्कृतिक आदानप्रदान लगायत मुद्दामा मिलेर काम गर्ने सवालमा केन्द्रित हुने बताइएको छ ।साथै चीनले एकता र आपसी सहयोगलाई सुदृढ पार्न रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउनुपर्नेमा पनि जोड दिएको छ ।
यसवाहेक सीमा मुद्दामा पनि दुई देशका प्रमुखहरुबीच छलफल हुने भारतीय मिडियाले जनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |