कांग्रेस द्वारा सर्बोच्चको फैसलाको स्वागत । सभापति देउवा द्वारा सर्बोच्चको कदमको स्वागत ।
संसद विघटनका विषयमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।
मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिए।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।
संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ ।
यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।
जय नेपाल ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |