नेपाली कांग्रेसका नेता मिनेन्द्रप्रसाद रिजालले देश चुनावमा गइसकेको बताएका छन् । सोमबार पार्टीका युवा नेताहरुसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् ।
‘सभापतिले भनेको ठाउँ (चुनाव) मा पनि पुग्न सकिन्छ । सभापति र वरिष्ठ नेता एक ठाउँमा उभिने हो भने संसद पुनर्स्थापना गर्ने, संविधान जोगाउने, तर ६ महिनापछि चुनाव गरौं भन्यो भने कसले रोक्न सक्छ ?’ उनले भने ।
संसद पुनर्स्थापना गरेर दुई वर्ष थाम्छु भनेर भन्नु मुर्खता रहेको उनले बताएका छन् । साथै, चुनावका लागि जुनसुकै बाटोबाट गएपनि हुन्छ भन्नु मुर्खता रहेको उनले बताए ।
यसैगरी अहिले पहिलो संविधानसभा भंग भएपछि बाधा अड्काउ फुकाउमार्फत प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनु परेको चर्चा पनि चल्न थालेको उनले बताए ।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली विघटन गरेको प्रतिनिधिसभा विघटनलाई कांग्रेसको पौडेल पक्षले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ भने सभापति देउवा पक्षचाहिँ चुनावमा जान आतुर रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |