नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ का प्रमुख तिलक परियारलाई सरकारले पदमुक्त गरेर दलित समुदायमाथि अपमान गरेको आरोप लगाएका छन् ।
उनले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिनुलाई सरकारको निर.कुशता र संविधानको हुमृत लिने निचताको परकाष्ठाका रुपमा पनि टिप्पणी गरेका छन् ।
“२ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्ठाका साथै सम्पूर्ण दलित समुदायमाथि नै अपमान हो,” अध्यक्ष प्रचण्डको धारणाबारे जानकारी दिँदै प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले फेसबुकमा लेखेका छन् ।
यस्तै प्रचण्डको निजी सचिवालयको जिम्मेवारी सम्हाल्दै आएकी उनकी छोरी गंगा दाहालले पनि सोही धारणा ट्विट गरेर परियारको बर्खास्तगी प्रति आपत्ति जनाएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको सिफारिस परियारलाई प्रदेश २ को प्रमुखबाट बर्खास्त गरे डा. राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |