८ फागुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गरेका छन् ।
शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा. यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन , र संबिधान को रक्षा पनि गर्नुभएन ।’
प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन गर्न नहुने भन्दै रोक्नुपर्ने डा. यादवले बताए ।
‘तपाईं आफ्नो दलभित्रको विवाद समाधान गर्नुस् र, समाधान भएन भने सदनमा जानुस् । अरु दलसँग सहमति लिनुस् । अरु दलले साथ दिन्छ भने सरकार चलाउन्ुस् । नभए अविश्वासको प्रस्ताव पेस गर्नुस् । र संविधानको स्टेप अनुसार जानुस् भन्नुपर्थ्यो रास्टपति ज्युले’ डा. यादवले भने ।
उनले राष्ट्रपति भण्डारीको दलीय आवद्धता नछोडेको आशय प्रकट गरे । ‘उहाँ त राजनीतिक दलमा हुनुहुन्न, म पनि कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिएँ । उहाँले पनि दिनुभएको होला म आशा गरौं’ डा. यादवले भने ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |