फागुन ८ गते।
बैतडीकी भागरथी घटना सेलाउन नपाउँदै एक १३ वर्षकी बालिका माथि पनि करणी भएको छ । विद्यालयवबाट फर्किँदै गरेकी बालिकामाथि वाटोमै करणी भएको हो । ललितपुरमा भएको यो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ ।
ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा कर णी भएको महानगरीय प्रहरी बृत्त जनाएको छ।
बुधबार बालिकामाथि कर णी भएको भन्दै पीडित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा पर्साको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर लाई पक्राउ गरेको छ। पक्राउ परेका ठाकुरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |