नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश १ र प्रदेश ३ मा दर्ता भएको अविश्वासको प्रस्ताव पास गराउने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले काङ्ग्रेसले अविश्वासको प्रस्ताव पास गराउने बताएका हुन् ।
‘प्रतिपक्षको धर्म के हो भनेदेखि सत्ता पक्षको खिलापमा आएको प्रस्तावलाई पास गराइदिने,’ उनले भने, ‘देउवाले थेगेर थेगिँदैन्, सांसदहरू कहाँ मान्छन् ।’ उनले पार्टीमा सबै जिम्मेवार रहेको बताए ।
प्रस्ताव पास गराउन पार्टी सभापति शेरबहादुर देउवाले रोके पनि प्रदेशसभा सदस्यहरू नमान्ने पौडेलले बताए ।
नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । अल्पमतमा रहेको प्रदेश सरकारले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । नेता पौडेलले प्रतिपक्षले आफ्नो धर्म निभाउने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |