• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र २, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    ६ घण्टा अघि

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    ६ घण्टा अघि

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    ७ घण्टा अघि

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    ७ घण्टा अघि

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    ७ घण्टा अघि

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ७ घण्टा अघि

    मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

    ७ घण्टा अघि

    भरतमोहन अधिकारी प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई बाँड्यो मोबाइल फोन

    ७ घण्टा अघि

    कानेपाेखरीमा मल वितरण गर्दा नगरकाे नियम पालना पराजुली एग्राेभेट ले गरेन।

    ७ घण्टा अघि

    जनयुद्धमा ज्यान गुमाएकालाई विर्सिएर जाँड खाएर मरेका आफन्तको शालिक बनाए

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र २, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

प्रधानमन्त्री ओलीले भन्नुभयो “मेरो जीत आवश्यक छैन,तर जनातालाई जिताउनु छ”

होमपेज / समाचार
  • ३०६ पटक पढिएको


  • २०७७ फागुन ७, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताउनुभएको छ । “केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।” एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उहाँले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गर्नुभयो ।

    निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । उहाँले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले निर्वाचनको तयारी तीव्र गतिमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिनुभयो । “जनतालाई आभास हुने गरी निर्वाचनको तयारी गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्रम फैलाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढुक्कका साथ आफ्नो मतदान गर्न आग्रह गर्नुभयो । लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उहाँको भनाइ थियो । इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उहाँले देशलाई एकतामा बाँध्नु जरुरी भएको स्पष्ट पार्नुभयो । “मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

    उहाँले विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी रहेको उल्लेख गर्नुभयो । ताजा जनादेशका लागि प्रतिनिधिसभा भङ्ग गरेको उल्लेख गर्दै उहाँले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताउनुभयो । बहुमतका नाममा पार्टी फुटाउने चक्रब्युहको रचना गरिएकाले त्यसअघि नै चक्रब्युह तोडिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको उहाँले उल्लेख गर्नुभयो ।

    विसं २००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताउनुभयो । “२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरु भएका हुन् ।” उहाँले भन्नुभयो, विसं २००७ अघि साहित्यकार र कविहरुले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको सो अवसरमा उहाँले स्मरण गर्नुभयो । “परिवर्तनका लागि कवि र लेखकहरुले जागरण अभियान चलाएका हुन्”, उहाँले भन्नुभयो । “बुद्धिजीवीहरु अलमलिए पनि जनता अलमलिँदैनन्”, उहाँले भन्नुभयो, “वुद्धिजीवीले सही बाटो देखाउन सहयोग गर्नुपर्छ ।”

    नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले २००७ सालकै परिवर्तनका कारण नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । बीचबीचमा विभिन्न विघ्नबाधा आए पनि २००७ सालकै जगमा देशमा महत्वपूर्ण परिवर्तन भएको उहाँले उल्लेख गर्नुभयो । “आजको दिन पवित्र दिनका साथै जीवनको अभिन्न अङ्गसमेत बनेको छ”, कुलपति उपे्रतीले भन्नुभयो, “आजको दिन आगामी यात्राका लागि पनि प्रेरणा बन्ने छ ।”

    सो अवसरमा प्रधानान्त्री ओलीले राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनुभएका सर्जकलाई नगद र सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । निबन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सिलवाल तेस्रो तथा कवितातर्फ विक्रमपवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो हुनुभयो । उहाँहरुलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार प्रदान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए । कार्यक्रमको समापनमा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्यायलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा विभिन्न वेशभूषा र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ताजा समाचार
    १.

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    ६ घण्टा अघि
    २.

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    ६ घण्टा अघि
    ३.

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    ७ घण्टा अघि
    ४.

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    ७ घण्टा अघि
    ५.

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    ७ घण्टा अघि
    ६.

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ७ घण्टा अघि
    समाचार
    थप

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution