भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले विराटनगर स्थीत मालपोत कार्यालय र नापी कार्यालयको छड्के अनुगमन गरेकी छन् । शुक्रबार दिउँसो मन्त्री तुम्बाहाङ्फेले छड्के अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा दुवै कार्यालयको अवस्था भद्रगोल अवस्थामा भेटिएको थियो । कार्यालयमा बिचौलियाको बिगबिगी देखिएको थियो ।
अनुगमनका क्रममा मालपोत कार्यालयको मठ फाटमा (जग्गा नक्साफाट) बिचौलियासँग मन्त्रीको जम्काभेट भएको थियो । मन्त्री तुम्बाहाङ्फले फाटमा ढड्डा पल्टाउँदै गरेको अवस्थामा लेखापढी व्यावसायीलाई भेटेकी थिइन् ।
ढड्डा पल्टाउँदै गरेका व्यक्तीलाई मन्त्रीले सोधिन ‘तपाई को हो ? सुरुमा आफूलाई सेवाग्राही बताएका व्यक्तीलेपछि लेखापढी व्यावसायी भएको स्वीकार गरे । त्यसपछि मन्त्रीले मालपोत अधिकृत नरेन्द्र पौडेललाई सचेत गराइन् । लेखापढी व्यावसायीले मन्त्रीसँग गल्ती भयो भन्दै माफी मागरेका थिए ।
तत्कालिन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले भदौ १ बाट मालपोत कार्यालयमा बिचौलिया प्रवेश नदिने सर्कुलर गरेकी थिइन् । तर तुम्बाहाङ्फेको जम्काभेट विचौलियासँग भएपछि उनले कार्यालय प्रमुखलाई सचेत गराएकी हुन् ।
मालपोत र नापी कार्यालयको अनुगमन पछि मन्त्री तुम्बाहाङ्फे कर्मचारीलाई गुनासो आउन नदिनेगरी काम गर्न निर्देशन दिइन् ।
ड्रेस कोड र परिचय पत्र अनिवार्य गर्न निर्देशन
अनुगमनपछि लेखापढी व्यावसायीलाई मन्त्री तुम्बाहाङ्फेले ड्रेस कोर्ड र आइडी कार्य प्रयोग गर्न निर्देशन दिइन् । ‘अनुगमनका क्रममा मैले लेखापढी व्यावसायीलाई कार्यालय भित्रै भेटे,’ उनले भनिन् ‘हाम्राे नीति नियम अनुसार काम गर्न निर्देशन दिएकाे छु ।’
लेखापढी व्यावसायीलाई ढड्डाकाे जिम्मा लगाउन नमिल्ने बताइन ।’ मैले यस्ताे बन्द गर्न निर्देशन दिएकाे छु,’ उनले भनिन् ‘ कार्यालय प्रमुखले यस्ताे नगर्ने प्रतिवद्धता जनाउनु भएकाे छ ।’
केही दिन अघि मन्त्रालयले लेखापढी व्यावसायीलाई पोशाक र परिचपयत्र अनिवार्य गर्ने निर्देशन जारी गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |