मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नं.८ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले बताए ।
उनको अनुसार मृतक स्थानीय रहेपनि सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा परी स्थानीयको मृत्यु भएपछि राजमार्ग अबरुद्ध भएको प्रवक्ता रानाले बताए । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भईरहेको प्रवक्ता रानाले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |