१७ वर्षीया किशोरीलाई डर–धम्की दिएर पटक पटक बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरीले १ जना किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ जिल्लाको खिदिम गाउँपालिकाको वडा नम्बर ७ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १० सिप्रदी डेरा गरी बस्ने १९ वर्षीय सागर राई छन् ।
प्रहरीका अनुसार सागरले १७ वर्षीया किशोरीलाई पटक पटक डर त्रास देखाएर जबर्जस्ती करणी (बलात्कार) गर्दै आएका थिए ।
पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित किशोरीको जाहेरी पछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले सागरलाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका सागरविरुद्ध जबर्जस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |