फागुन ६ गते,काठमाडौं।
सामाजिक सञ्जालमा देखिने दाह्री ग्याङका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
बुधबार साँझ प्रधानमन्त्री निवासा बालुवाटारमा प्रधानमन्त्री र युवाहरूबीच भेट वार्ता भएको हो।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राख्दै दाह्री ग्याङसँगको भेटबारे जानकारी दिएका छन्। उनले लेखेका छन्- राष्ट्रका लागि युवा- दाह्री ग्याङसँगको भेट।
राष्ट्रका लागि युवा अभियानले वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसरमा मार्च १४ मा आफूले बनाएको रकेट सार्वजनिक गर्न लागेको हुदाँ उक्त रकेटको उदघाटनको लागि प्रधानमन्त्री लाई निमन्त्रणा गर्नको लागि दाह्री ग्याङ बालुवाटार पुगेको हो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |