प्रमोद गिरी
६ फागुन, काठमाडौं ।
सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँध्नुका साथै टायर पनि बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो । प्रदर्शनमा सहभागीहरु सबैले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
आयल निगम पनि घेर्दै
बिहान क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको कार्यक्रम राखेको छ ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |