५ फागुन, काठमाडौं ।
एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत, अल्पमत जुनसुकै माध्यमबाट निर्वाचित भएका प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार हुने बतालका छन् ।
बुधबार सर्वोच्च अदालतको संवैधनिक इजालसमा प्रतिनिधिसभा विघटनबारे राय प्रस्तुत गर्दै मैनालीले संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार रहने जिकिर गरे । नेपालले संसदीय शासन पद्धति अपनाएको र धारा ७६(७) मै विघटनको अधिकार रहेको भन्दै उनले भने, यसको प्रयोग सबै प्रधानमन्त्रीले गर्न सक्छन् ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |