प्रमोद गिरी
फागुन ६ गते, काठमाडौं
विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन भने कतिपय मुलुक त अजै कोरोना महामारी को कारण बन्दाबन्दीमै छन्।
नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै बढेको छ।
कोरोना महामारी शुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन्। तीमध्ये ४९२ ले द्रुत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ।
कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताए।
कार्यालय प्रमुख सुनिता दर्लामीले यो सङ्ख्या बढेर गत आर्थिक वर्ष २०७६/२०७७ मा दुई हजार २६ ले पुनः श्रम स्वीकृति लिएको बताइन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |