• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
आज: २०७७ फागुन १४, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (30)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    २ घण्टा अघि

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    २ घण्टा अघि

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    ३ घण्टा अघि

    प्रचण्ड–नेपाल नेतृत्वमा सरकार गठन हुनु भनेको गोरु व्याएर बिगौती खान खोजे जस्तै हो : सूर्य थापा

    १ दिन अघि

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    १ दिन अघि

    कांग्रेससंग कुरा नमिलेपछि प्रचण्ड–माधव समूह सरकार निर्माणका लागि जसपासँग छलफल

    १ दिन अघि

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    १ दिन अघि

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    १ दिन अघि

    नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट

    १ दिन अघि

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    १ दिन अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७७ फागुन १४, शुक्रबार
in
FLASH NEWS
  • १माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो
  • २कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै,कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ?
  • ३नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता
  • ४सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला पर्यो
  • ५भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा
  • ६२५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ
  • ७पोखराको फेवातलमा एक पहिचान नखुलेको युवक मृत अवस्थामा फेला
  • ८शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

भागरथी हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ भन्दै आफन्तद्वारा शव बुझ्न अस्वीकार

होमपेज / समाज
  • १४१ पटक पढिएको


  • २०७७ फागुन ६, बिहिबार (१ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो।

    सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न सफल भएको बताए।

    ‘अनुसन्धान शुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको छ’, उनले भने, ‘आरोपितको बारम्बारको बयान बाझिएको र उनले गरेको गतिविधिले घटनामा उनको संलग्नता पुष्टि भएको छ।’

    उनका अनुसार शङ्कास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको छ।

    डिआइजी सुवेदीले भने, ‘आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं।’

    भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि दिनेशले भने आफूले बलात्कार नगरेको बयानका क्रममा बताएको छ। प्रहरीले पनि हत्या हो वा बलात्कारपछि हत्या भएको खुल्न नसकेको जनाएको छ।

    अनुसन्धानकै क्रममा रहेकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न मिल्दैन डिआइजी सुवेदीले भने, ‘मृतकको स्वाब परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि त्यो कुरा पुष्टि होला।’

    भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जङ्गलमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ।

    भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान दिएको डिआइजी सुवेदीले बताए। पुरानो घरायसी रिसिइबीका कारण आफूले भागरथीको हत्या गरेको दिनेशले प्रहरीसमक्ष बताएका छन्।

    कर्तव्य ज्यान र बलात्कारसम्बन्धी जाहेरी दर्ता

    मृतक भागरथीका दाजु शङ्कर भट्टले आज दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ।

    प्रहरीले दिनेशलाई नै अपराधी हो भनेर पक्राउ गरेपछि आफूले जाहेरी दिएको शङ्करले बताए।

    उनले भने, ‘दिनेश एक्लैले त्यतिसम्म गर्‍यो होला भन्ने विश्वास त छैन, प्रहरीले अपराधी त्यही हो भनेपछि हामीले जाहेरी दिएका हौं।’

    घटनाको अनुसन्धानका लागि डिआइजी सुवेदीसँगै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलगायतको टोली खटिएको थियो।

    आफन्तद्वारा अझै पनि शव बुझ्न अस्वीकार

    प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव नबुझ्ने बताएका छन्। उनको शव जिल्ला अस्पताल बैतडीमा रहेको छ। अपराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ।

    ‘दिनेशले हत्या मात्रै गरेको स्वीकारेको छ तर परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ’, भागरथीका काका शिवराज भट्टले भने, ‘परीक्षण रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौं।’

    गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जङ्गलमा निर्वस्त्र र वीभत्स अवस्थामा शव फेला परेको थियो।

    यता भागरथीको शव भेट्टिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्त बुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन्। भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताए।

    यस्तै सङ्घर्ष समितिका सदस्य भोजराज जोशीले हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेको बताउनुभयो। उनले भने, ‘यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, बलात्कारी पनि सार्वजनिक गर्नुपर्छ।’ रासस

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कञ्चनपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु

    माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

    कैलालीमा सेफ्टी ट्याङकीमा खसेर एकजनाको मृत्यु

    राँगा र मोटरसाइकल एक आपसमा ठोकिए ,एक जनाको मृत्यु

    भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

    शिक्षकको तलब उपलब्ध गराउन माग गर्दै बिध्यार्थी ले लगाए आफ्नै बिध्यालयमा ताला

    ताजा समाचार
    १.

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    २ घण्टा अघि
    २.

    फेरि मध्यावधि चुनावमा जानसक्छौं ??

    २ घण्टा अघि
    ३.

    प्रचण्ड-माधवले प्रधानमन्त्री किन पाउँदैनन्

    ३ घण्टा अघि
    ४.

    प्रचण्ड–नेपाल नेतृत्वमा सरकार गठन हुनु भनेको गोरु व्याएर बिगौती खान खोजे जस्तै हो : सूर्य थापा

    १ दिन अघि
    ५.

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    १ दिन अघि
    ६.

    कांग्रेससंग कुरा नमिलेपछि प्रचण्ड–माधव समूह सरकार निर्माणका लागि जसपासँग छलफल

    १ दिन अघि
    समाचार
    थप

    अब को सरकार कांग्रेस र जसपासित मिलेर संयुक्त के हुन्छ राजनीति मोड ??

    माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

    कांग्रेस नेतृत्वमा सरकार बनाउने मा मेरो बिरोध रहने छ : लालबाबु पण्डित

    नारायणमान विजुक्छेको प्रचण्डलाई प्रश्न :यदी साच्चै प्रधानमन्त्री नबन्ने भए पार्टीभित्र झगडा किन गरेको त ?

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    प्रबन्ध निर्देशक   – खगराज लामिछाने
    +977 – 9851194045
    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    पेजहरु

    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution