फागुन ५ गते।काठमाडौं
गीतसंगीतलाई आधार बनाएर वर्षेनी थुप्रै अवार्ड आयोजना हुदै आएको छ । यो भिडमा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ पनि थपिएको छ ।
‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ तुलसी मिडियाले अवार्डको आयोजना गर्न लागेको हो । १४ चैतमा काठमाडौमा भब्य कार्यक्रम सहित अवार्ड आयोजना हुन लागेको छ।
अवार्डमा लोक, पप, आधुनिक र फिल्म गरेर ३९ विधा समावेश गरिएको अवार्डका संयोजक नवराज भण्डारीले जानकारी दिनुभयो।
अवार्डका लागि आवेदन फागुन ३ गतेदेखि फागुन २१ सम्म खुल्ला रहेको छ । सबै विधामा फर्म खुल्ला गरिनु का साथै आवदेनका लागि निःशुल्क फर्मको व्यवस्था गरिएको छ ।
नेपाल बेष्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यहरुलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।गीतसंगीतलाई आधार बनाएर वर्षेनी थुप्रै अवार्ड आयोजना हुने गरेका छन् । यो भिडमा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ पनि थपिएको छ ।
१४ चैतमा काठमाडौमा भब्य कार्यक्रम सहित अवार्ड आयोजना हुन लागेको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |