• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र २, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    ७ घण्टा अघि

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    ७ घण्टा अघि

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    ७ घण्टा अघि

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    ७ घण्टा अघि

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    ७ घण्टा अघि

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ८ घण्टा अघि

    मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

    ८ घण्टा अघि

    भरतमोहन अधिकारी प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई बाँड्यो मोबाइल फोन

    ८ घण्टा अघि

    कानेपाेखरीमा मल वितरण गर्दा नगरकाे नियम पालना पराजुली एग्राेभेट ले गरेन।

    ८ घण्टा अघि

    जनयुद्धमा ज्यान गुमाएकालाई विर्सिएर जाँड खाएर मरेका आफन्तको शालिक बनाए

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र २, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

होमपेज / Flash News
  • ५६० पटक पढिएको


  • २०७७ फागुन ४, मंगलबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • काठमाडौँ, फागुन २ गते । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् ।प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा स्थायी संरचना बनाउन दिइने फलामे टेको हो । यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो पारिन्छ । यससँगै कतिपय अवस्थामा फलामे बाकसको संरचना पनि आवश्यक हुन्छ ।

    नेपालमा सुरुङ निर्माणको परम्परा जलविद्युत् क्षेत्रमा मात्र छ । सडक निर्माणको इतिहासमा नै पहिलो पटक नागढुङ्गा–नौबिसे सडक खण्डमा सुरुङ खन्ने काम भइरहेको छ ।जलविद्युत्का उपकरण निर्माण गर्ने कम्पनी नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडले नेपालको पहिलो सुरुङ मार्गका लागि उपकरण निर्माण गर्ने अवसर पाएको हो । जापान सरकारको सहयोगमा निर्माण हुन लागेको सुरुङको काम चाहिँ जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ ।

    सुरुङ निर्माणको प्रविधि नेपालमा नितान्त नयाँ हो । यसमा पनि अन्य निर्माणमा जस्तै सिभिल, मेकानिकल र इलेक्ट्रिकललगायतका काम हुने गर्छ । सुरुङका लागि आवश्यक करङको उत्पादन मेकानिकल इन्जिनियरिङअन्तर्गतको काम हो ।जलविद्युत्को क्षेत्रमा काम गर्ने कम्पनीले सुरुङको काम पाउनु प्रविधि हस्तान्तरणको मुख्य पाटो रहेको कम्पनीका प्रमुख कार्यकारी रोशन सोतीले बताउनुभयो । उहाँका अनुसार हाज्माले धेरै पटक कम्पनीको फ्याक्ट्री भ्रमण गरेर र धेरै वार्ता गरेपछि कोटेसनका लागि अनुमति दिएको हो । त्यसमा कम्पनीको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरेर सम्झौता गरिएको हो ।

    “हामीले प्रविधि हस्तान्तरणको काम पाउनु कम्पनीप्रतिको मात्र होइन, नेपालकै लागि ठूलो विश्वासको आधार हो । त्यो कम्पनीले यसअघि काम गरेका विदेशी बहुराष्ट्रिय कम्पनीसँगको सन्दर्भका आधारमा रहेको हो,” प्रमुख कार्यकारी सोतीले भन्नुभयो ।एनएचईसीले जापानको तोसिबा, अस्ट्रियाको एन्डरिच र जर्मनीको भोइथसँग जलविद्युत्का उपकरण निर्माणमा आर्जन गरेको विश्वसनीयताले सुरुङका सामग्री निर्माणमा पनि प्रविधि हस्तान्तरण हुने अवसर पाएको उहाँकोविश्वास छ ।

    सुरुङ मार्गमा अरू पनि काम भइरहेका छन् । धेरै इन्जिनियर काम गर्दैछन् र उनीहरूले पढेको ज्ञानलाई सदुपयोग गर्दैछन् तर पढेका आधारमा मात्र प्रविधि हस्तान्तरण हुँदैन ।
    प्रमुख कार्यकारी सोतीले भन्नुभयो, “प्रविधि हस्तान्तरण भनेको व्यावहारिक अभ्यास हो । त्यसमा गुणस्तर र सेवा प्रवाहको समेत मूल्य जोडिएको हुन्छ । हामीले त्यो दिनैपर्छ । ”
    यति हुँदाहुँदै पनि हाज्माले कच्चा पदार्थको सामग्रीको गुणस्तर आफैँ नियन्त्रण गरेको देखिन्छ । १२ सय टन करङ उत्पादनका लागि कच्चा पदार्थका रूपमा रहेका फलामका बिम हाज्माले नै उपलब्ध गराएको छ । उसको डिजाइनअनुसार एनएचईले करङ उत्पादन गरेकोजनाएको हो ।

    बुटवलस्थित कम्पनीका मानव स्रोत तथा प्रशासन प्रमुख मणिराम पाण्डेले सुरुङ मार्गका लागि निर्माण भइरहेका करङको यो आकार अरू कम्पनीले अहिलेसम्म उत्पादन नगरेको बताउँदै आफूहरूले उत्पादन थालेको बताउनुभयो ।

    उहाँले एच बिम– १००, १२५, १५० र २०० सेक्सन साइजका ती करङ ठूलो आकारको रहेको र ती सुरुङ मार्गका लागि नै बनाएको बताउनुभयो ।एउटा करङको तौल २५० किलोदेखि एक टनसम्म रहेको बताइएको छ । त्यस्ता करङ गुम्बज आकारका हुने र जमिनको सतहमा जोडिने बताइएको छ ।

    कम्पनीका मेकानिकल डिभिजन म्यानेजर रामप्रसाद बन्जाडेका अनुसार सुरुङ खनेपछि ती करङ मुख्य संरचनाका आधारका रूपमा सुरुङको बाहिरी भागलाई अड्याउन प्रयोग हुनेछन् ।
    २०४२ सालमा स्थापना भएको एनएचईले यसअघि जलविद्युत्का उपकरण उत्पादन गर्दै आए पनि सुरुङ मार्गका लागि आवश्यक उपकरण उत्पादन गरेको यो पहिलो पटक हो । एनएचईले तत्कालका लागि एक हजार दुई सय मेट्रिक टन करङ उत्पादन गर्ने जनाएको छ ।

    प्रमुख कार्यकारी सोतीका अनुसार कम्पनीले हाज्मालाई करङ उपलब्ध गराउन सुरु गरिसकेको छ । माग र आवश्यकताका आधारमा तयार पार्दै २०२२ मार्चसम्ममा सबै करङ दिइसक्ने सम्झौता रहेको छ । कुल १४४ जना अनुभवी जनशक्ति रहेको एनएचईले इलेक्ट्रिक सबस्टेसन निर्माणदेखि टर्वाइन जडान र मर्मतको कामसमेत गर्दै आएको छ ।
    नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी सन् १९७६ मा स्थापना भएको कम्पनीमा संस्थागत लगानी रहेको छ । नर्वेको आईकेएनआई र नेपालका बुटवल पावर कम्पनी, बुटवल टेक्निकल इन्स्टिच्युट र हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन यसका प्रवद्र्धक कम्पनीरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ताजा समाचार
    १.

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    ७ घण्टा अघि
    २.

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    ७ घण्टा अघि
    ३.

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    ७ घण्टा अघि
    ४.

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    ७ घण्टा अघि
    ५.

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    ७ घण्टा अघि
    ६.

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ८ घण्टा अघि
    समाचार
    थप

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution