• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण ३१, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ६ घण्टा अघि

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ६ घण्टा अघि

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ६ घण्टा अघि

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ६ घण्टा अघि

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ७ घण्टा अघि

    ओलीको नजरमा युवा : काम गर्न अल्छी, धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि खोज्ने

    ७ घण्टा अघि

    हर्क साम्पाङले भटे प्रचण्डलाई

    ७ घण्टा अघि

    प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

    ७ घण्टा अघि

    फोहोर भन्दा गन्हाउने राजनीति गर्नेहरू विरुद्ध झनै कडा बनेर निस्किए बालेन, एक एकको गरे भण्डाफोर !

    ७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण ३१, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

नेपाली बिस्कुट उद्योग : ५ वर्षमा २१ वटा बन्द, १५ हजारको रोजगारी गुम्यो

होमपेज / Flash News
  • ७०९ पटक पढिएको


  • २०७७ फागुन ३, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विराटनगर : भारतबाट हुने अवैध आयातका कारण नेपाली बिस्कुट उद्योगहरु पछिल्लो समय धरासायी बन्दै गइरहेको पाइएको छ। उद्योगी व्यवसायीले तस्करीमार्फत भारतबाट दैनिक रुपमा भित्रिने ठूलो परिणामको बिस्कुटका कारण नेपाली उद्योग संकटमा परिरहेको गुनासो गरेका छन्।

    नेपाली उद्योगलाई संरक्षण गर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा र अवैध एवं अनाधिकृत आयातलाई निरुत्साहित गर्ने कुनै पनि कदम नचालिँदा त्यसको मारमा नेपाली बिस्कुट उद्योग परिरहेको उनीहरुको भनाइ छ। जसका कारण प्रतिस्पर्धामा आउन नसक्दा धमाधम नेपाली उद्योगहरु बन्द हुन थालेका छन्।

    उद्योगको संरक्षणमा सरकारले बेलैमा चासो नदिँदा राष्ट्रिय उत्पादनमा योगदान र हजारौँलाई रोजगारी दिँदै आएका उद्योगहरु बन्द भइरहेको गुनासो उद्योगी व्यवसायीको छ। चलेका सीमित उद्योगहरु पनि पछिल्लो समय प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा नभएको उनीहरुको भनाइ छ।

    नेपाल बिस्कुट संघ केन्द्रीय कार्यालयका सचिव अजय पराजुलीका अनुसार पाँच वर्षअघिसम्म नेपालमा ३५ वटा बिस्कुट उद्योग सञ्चालनमा थिए। राम्ररी बजार जमाइसकेपछि स्थापित हुँदै गएका ती उद्योगमध्ये पछिल्लो समय कतिपय बन्द भइसकेका छन् भने कतिपय धरासायी बनिरहेका छन्। बिस्कुट उत्पादन र आपूर्तिमा लगभग आत्मनिर्भरको अवस्थामा नेपाली उद्योग पुगे पनि पछिल्लो समय त्यस्तो अवस्था नरहेको पराजुलीको भनाइ छ।

    उनका अनुसार पाँच वर्षको अवधिमा मात्रै नेपालमा रहेका २१ वटा बिस्कुट उद्योगहरु बन्द भइसकेका छन्। सञ्चालनमा रहेका अरु पनि धरासायी र रुग्ण बनेर बन्द हुने अवस्थामा पुगेको पराजुलीले बताए।

    उनका अनुसार नेपाली उद्योगबाट उत्पादन भएकै गुणस्तरका बिस्कुटहरु सहजरुपमा भारतबाट आयात हुने गरेका छन्। त्यसलाई नियन्त्रण गर्न कसैले चासो नदिएको पराजुलीले बताए। भारतबाट पार्लेजी, गुडडे, ह्याप्पी ह्याप्पी, टफ लाइफ जस्ता ब्राण्डका दर्जनौं बिस्कुतहरु अवैध बाटो हुँदै भारतबाट आयात भइरहे पनि नियन्त्रणका लागि कुनै प्रयास नभएको उनको भनाइ छ। नेपाली बजारमा भेटिने ति ब्राण्डका बिस्कुट भन्सारको औपचारिक मार्ग भएर न्यूनमात्र आयात हुने गरेको पाइएको उद्योगी व्यवसायीले बताए। ठूलो परिणाममा ति ब्राण्डका बिस्कुटहरु तस्करी भएर आउँदा नेपाली उद्योग संकटग्रस्त अवस्थामा पुगेको जानकारी पराजुलीले दिए।

    नेपाली बजारमा चर्चित ब्राण्ड बनिसकेका धेरै बिस्कुट उद्योगहरु अहिले बन्द भएका छन्। मयुर, चौतारी, ववि, सनसाइन लगायतका बिस्कुट अहिले बजारमा भेटिँदैनन्। ति उद्योगहरु भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण पाँच वर्षको अवधिमा बन्द भएको बिस्कुट बजारीकरणको क्षेत्रमा काम गर्दै आएका छत्र विष्टले बताए।

    नेपाली बिस्कुट उद्योगहरु बन्द हुँदा धेरै मजदुरको रोजगारी गुमेको विष्टको भनाइ छ। एउटा सामान्य उद्योगमा न्यूनतम दुई सयदेखि चार सय जनासम्मले बिस्कुट उत्पादनमा जोडिएर रोजगारी पाएका थिए। उनका अनुसार बजारीकरणमा पनि त्यत्तिकै संख्यामा प्रत्यक्ष रोजगारी पाउनेहरु थिए। पाँच वर्षको अवधिमा बन्द भएका बिस्कुट उद्योगबाट मात्रै १५ हजार मजदुरले रोजगारी गुमाउनु परेको विष्टको भनाइ छ। तस्करी भएर भारतबाट आउने र सस्तो मूल्यमा बजार ओगट्ने गरेका कारण प्राय नेपाली बिस्कुट उद्योग संकटग्रस्त अवस्थामा गुज्रनु परेको गुडलाइफ बिस्कुटका बजार व्यवस्थापकसमेत रहेका विष्टको भनाइ छ।
    भारतबाट हुने अवैध पैठारी, कच्चा पदार्थ आयातमा भोग्नु परिरहेका कठिनाई र नेपाली उद्योगलाई संरक्षण गर्न नसक्दा बिस्कुट उद्योगहरुले सहज प्रतिस्पर्धा गर्न नसक्ने अवस्था बनेको उद्योगी तथा नेपाल बिस्कुट संघका केन्द्रीय उपाध्यक्ष महेश जाजूको भनाइ छ। नेपाली बिस्कुट उत्पादकहरुले सरकारसँग कच्चा पदार्थ आयातमा सहजीकरण गरिदिन माग गर्दै आएको भए पनि सरकारले त्यसको सुनुवाई नगर्दा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ। जसका कारण बिस्कुटमा गरिएको अबौँ लगानी डुबेर उद्योगी व्यवसायी नै पलायन हुनु परेको जाजूले बताए।

    उनका अनुसार बिस्कुट उद्योगका लागि पिठो र चिनी मुख्य कच्चा पदार्थहरु हुन्। बिस्कुटलाई मसिनो चिनीको आवश्यकता पर्छ। उद्योगीहरुले उद्योगको उत्पादन र विगतको खपत अनुपातका आधारमा सहुलियत मूल्यमा चिनी आयात गर्न पाउनुपर्ने माग गर्दै आएका छन्। चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महशुल तिर्नुपर्ने भएकोले उत्पादन लागत बढ्न गई भारतीय बिस्कुटसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था गुम्दै गएको जाजूको भनाइ छ।

    भारतबाट भइरहेको अनाधिकृत आयात र त्यहाँको उत्पादनले नेपाली बिस्कुटको बजार खुम्चिएर करिब ३५ प्रतिशतमा सीमित हुन पुगेको जाजूले बताए। बिस्कुटको झण्डै ६० प्रतिशत नेपाली बजारको हिस्सा भारतीय उत्पादनले ओगटेको उनको भनाइ छ।

    उद्योगहरु धमाधम बन्द हुँदै जाने र तस्करी भएर आउने विदेशी उत्पादनले बजार ओगट्ने अवस्था रहेका कारण नेपाली आर्थिक क्षेत्रमा पनि नकारात्मक असर परेकोभन्दै उद्योगी व्यवसवायीले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले अनधिकृत आयात रोक्न माग गर्दै विभिन्न समयमा ध्यानकर्षण गराइसकेका छन्। तर यस विषयमा सरकारले चासो नदिएको गुनासो उद्योगी व्यवसायीको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ताजा समाचार
    १.

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ६ घण्टा अघि
    २.

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ६ घण्टा अघि
    ३.

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ६ घण्टा अघि
    ४.

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ६ घण्टा अघि
    ५.

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ६ घण्टा अघि
    ६.

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ७ घण्टा अघि
    समाचार
    थप

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution