• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २२, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ५९ मिनेट अघि

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १ घण्टा अघि

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    १ घण्टा अघि

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    १ घण्टा अघि

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    १ घण्टा अघि

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    १ घण्टा अघि

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    १ घण्टा अघि

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    १ घण्टा अघि

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    १ घण्टा अघि

    चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २२, आईतबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

नेपालमा कन्डमको प्रयोग न्यून

होमपेज / Flash News
  • ३१६ पटक पढिएको


  • २०७७ फागुन ३, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • काठमाडौं : चिकित्सकहरुले नेपालमा कन्डमको प्रयोग सन्तोषजनक हुन नसकेको बताएका छन् ।अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आइतबार राजधानीमा भएको एक कार्यक्रममा चिकित्सकहरुले कन्डमका फाइदा धेरै हुँदा पनि यसको प्रयोग न्यून भएको बताएका हुन् ।

    उनीहरुले कन्डम परिवार नियोजनको अस्थायी साधनमात्रै नभई अनिच्छित गर्भसमेत रोक्ने स्पष्ट पारे । त्यस्तै कन्डमको प्रयोगले असुरक्षित यौन सम्पर्कबाट हुने एचआईभी एड्स संक्रमण तथा यौन रोग हुनबाट समेत जोगाउने उनीहरुको जोड रहेको छ ।

    एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सूधा देवकोटाले कन्डमको प्रयोग बढाउन देशव्यापी जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

    उनले सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायबीच समन्वय र सहकार्यमा कन्डमको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । कन्डम प्रयोगका बहुफाइदा छन्’, निर्देशक डा. देवकोटाले भनिन्, ‘तर नेपालमा यसको प्रयोग न्यून छ । त्यसैले सबै पक्षबीच सहकार्य र समन्वय गरेर कन्डमको प्रयोग बढाउनेबारे देशव्यापी जनचेतना फैलाउनुपर्छ ।’ त्यस्तै केन्द्रकै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले जनचेतनाको अभावले नेपालमा अझै कन्डमको सही प्रयोग हुन नसकिरहेको बताए ।

    केन्द्रले गरेको सर्भेअनुसार नेपालमा करिब ६५ प्रतिशतले मात्रैले कन्डमको प्रयोग गर्ने गरेका छन् । यो स्वास्थ्यका दृष्टिले कम रहेको उनको भनाइ थियो ।
    ‘कन्डमको प्रयोग बढाउन सकिए, एचआईभी एड्सको संक्रमण र यौनरोग हुनबाट रोक्न सकिन्छ’, वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले भने ।

    उनका अनुसार केन्द्रले वर्सेनि करिब ६१ लाख कन्डम वितरण गर्दै आएको छ । जसअनुसार गत वर्ष ६० लाख ९८ हजार कन्डम वितरण गरिएको उनले जानकारी दिए ।कार्यक्रममा एएचएफ नेपालका स्वास्थ्य सल्लाहकार डा. उन्नत श्रेष्ठले एचआईभी संक्रमण हुन नदिने कन्डम ९५ प्रतिशत सुरक्षित रहेको बताए ।
    कन्डम ९८ प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उनको भनाइ थियो ।

    ‘धेरैलाई कन्डम प्रयोग गर्दा यौन सन्तुष्टि नहुने भ्रम रहेको छ’, डा. श्रेष्ठले भने, ‘तर आजभोलि कन्डम पनि धेरै प्रकारका पाइन्छन् । जुन लगाएको अनुभूतिसमेत हुँदैन ।’उनले कन्डमकै कारण एचआईभी संक्रमणको नियन्त्रणमा उल्लेखनीय उपलब्धि भएको स्पष्ट पारे । त्यस्तै कन्डमले बिबाहित महिलाहरुमा अनिच्छित गर्भसमेत नियन्त्रण हुँदै आएको उनको भनाइ छ ।

    कार्यक्रममा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम निर्देशक दीपक ढुंगेलले अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा संस्थाले देशभरका १५ वटा एआरटी सेन्टरमा विभिन्न कार्यक्रम गरिएको जानकारी दिए ।

    ती केन्द्रमा निःशुल्क कन्डम वितरण, एचआईभी परीक्षण र सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको उनले सुनाए ।उनका अनुसार नेपालमा सन् २०११ देखि एएचएफ नेपालले अन्तर्राष्ट्रिय कन्डम दिवस मनाउँदै आएको बताए ।त्यस्तै राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाललका अध्यक्ष राजेश दिदियाले कन्डम दिवसको अवसरमा पारेर महासंघले ६१ जिल्लामा रहेका आफ्ना प्रतिनिधि संस्थाले विभिन्न गतिविधि गर्दै आएको जानकारी दिए ।

    उनले महासंघले स्थानीय तहमा स्थानीय भाषामा कन्डमको प्रयोग गर्ने तरिका तथा यसको फाइदाबारे जनचेतना फैलाउँदै आएको बताए । प्रत्येक वर्षको फेब्रुअरी १३ मा अन्तर्राष्ट्रिय कन्डम दिवसमा विश्वभर मनाइँदै आएको छ । यस वर्षको दिवसको नारा ‘सेफर इज सेक्सी’ रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बिराटनगरमा एक दिवसिय मानसिक स्वास्थ सम्बन्धी गोष्ठी सम्पन्न

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा

    ताजा समाचार
    १.

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ५९ मिनेट अघि
    २.

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १ घण्टा अघि
    ३.

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    १ घण्टा अघि
    ४.

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    १ घण्टा अघि
    ५.

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    १ घण्टा अघि
    ६.

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    १ घण्टा अघि
    समाचार
    थप

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution