• मेनु
  • प्रदेश शंस्करण
  • समाचार सार
  • समाचार सार
आज: २०८० जेष्ठ १९, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (29)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि

    बालेन जस्ता केहि यूवाहरु देशमा भए कुनै नेताको आवश्यक पर्दैन ; पुर्व राजा शाह (सहि / गलत )

    ८ महिना अघि

    अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

    ८ महिना अघि

    ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

    ८ महिना अघि

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    ८ महिना अघि
  • समाचार सार
आज: २०८० जेष्ठ १९, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

गुफामा भेटिएको प्राचिन शङ्ख १७ हजार वर्षपछि यसरी बज्यो

होमपेज / Flash News
  • ३९० पटक पढिएको


  • २०७७ फागुन २, आईतबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बीबीसी । सत्र हजार वर्षभन्दा पुरानो एउटा वाद्ययन्त्रबाट ध्वनि निकाल्ने पुरातत्त्वविद्हरूको प्रयास सफल भएको छ। दक्षिण फ्रान्समा प्राचीन घुमन्ते सिकारीहरूले प्रयोग गरेको गुफामा त्यो शङ्ख फेला परेको थियो। धेरै ठाउँमा हड्डीबाट बनेका प्राचीन वाद्ययन्त्र भेटिने गरेका भए पनि उक्त शङ्ख त्यस किसिमको सबैभन्दा पुरानो वस्तु हो। यसबारे साइन्स एड्भान्सेज जर्नलमा विवरण प्रकाशित भएको छ। उक्त शङ्खभित्र कुँदिएका बिन्दुजस्ता चिह्नलाई विशेष मानिएको छ। ती चिह्नहरू पिरनीज पर्वतीय क्षेत्रमा अवस्थित मार्सूला गुफाको भित्तामा भेटिएका कलाकृतिसँग मिल्दोजुल्दो देखिन्छन्।

    उक्त शङ्ख सन् १९३१ मा त्यहीँ भेटिएको थियो। “यसबाट यो शङ्खबाट निकालिने सङ्गीत र भित्तामा भएका चित्रहरू, आकृतिहरूबीच बलियो सम्बन्ध भएको देखिन्छ,” टूलूज विश्वविद्यालयका जील तोसेलोले भने। “युरोपेली प्रागितिहासमा सङ्गीत र गुफाको कलाबीच सम्बन्ध भएको प्रमाण देखाउन सकिने यो नै हामीलाई थाहा भएसम्म पहिलो अवसर हो।” यो शङ्ख ३१ सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौडा छ। यो शङ्ख प्रशान्त महासागरमा पाइने एउटा ठूलो खाले शङ्खेकीराको खबटो भएको विश्वास गरिएको छ।

    त्यतिबेला शङ्ख विशेष वस्तु भएको अनुमान गरिएको छ किनभने त्यो शङ्ख फेला परेको स्थान समुद्री किनाराबाट २०० किलोमिटर पर छ। उत्खननकर्ताहरूले सन् १९३० को दशकमा फेला पार्दा त्यो शङ्खलाई एउटा सामान्य भाँडो भन्ठानेका थिए। तर फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र सीएनआरएसले गरेको विश्लेषणका आधारमा नयाँ कुरा पत्ता लाग्यो। ध्वनि निकाल्न शङ्खमा केही परिवर्तन गरिएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। शङ्खको एउटा छेउमा प्वाल पारेर मानिसको मुखमा हाल्न मिल्ने कुनै साधन राख्ने ठाउँ बनाइएको हुनसक्छ।

    शङ्खको अर्को छेउ काटेर हात राखी स्वर घटबढ गर्न मिलाएको जस्तो देखिन्छ। वैज्ञानिकहरूको टोलीले एक सङ्गीतकारलाई उक्त शङ्ख बजाउन लगाए। उनले सी, सी-शार्प र डी नोटसँग मिल्ने स्वर निकालिदिए। निस्किएको स्वरको प्रबलता एक मिटरमा झन्डै १०० डेसिबेल मापन गरिएको जानकारी दिँदै सोर्बँ विश्वविद्यालयका फिलिप वाल्टर भन्छन्, “ध्वनि शङ्खको प्वालको अक्षमा धेरै केन्द्रित हुन्छ।” शङ्खको मुखको भित्री भागमा गरिएको चित्राङ्कनको अध्ययन गर्न विशेष विधि अवलम्बन गरिएको थियो। फलामको यौगिकबाट बनेका चिह्नहरू गेरु रङ्गमा छन् र औँठाछाप जस्ता देखिन्छन्।

    गुफाको भित्तामा पनि त्यस्तै शैलीका कलाकृति छन्। उदाहरणका लागि त्यहाँ ३०० वटा थोप्ला प्रयोग गरी बनाइएको एउटा बाइसन नामक जीवको आकृति पनि छ। अनुसन्धानकर्ताहरूले उक्त शङ्खको थ्रीडी प्रतिकृति पनि बनाएका छन्। त्यसबाट उक्त शङ्खलाई कुनै हानि नपुर्‍याई त्यसको साङ्गीतिक पक्षबारे थप अनुसन्धान गर्न सकिनेछ। ऊर्ध्व पुरापाषाणयुगीन अर्थात् ढुङ्गेयुगको उत्तरार्धतिरका मानिसहरू हड्डी, मृगको सिङ र हस्तिहाडबाट आफूले प्रयोग गर्ने सामग्री बनाउन सिपालु भएको पुरातात्त्विक अध्ययनले देखाउँछ ।त्यो युगमा विभिन्न स्थानमा बस्ने मानिसहरूबीच आफ्नो जस्तै समुदायसँग अन्तर्क्रिया हुने गरेको देखिन्छ। यो शङ्खबाट पनि त्यस्तो सम्बन्धलाई प्रमाणित हुने वैज्ञानिकहरू बताउँछन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    आज गठेमङ्गल र घन्टाकर्ण पर्व मनाइँदै

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    आज देशभर रामनवमी पर्व मनाइँदै

    पशुपतिमा तीन दिन हरिसिद्धिको नाच प्रस्तुत गरिने

    ताजा समाचार
    १.

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि
    २.

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि
    ३.

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि
    ४.

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि
    ५.

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि
    ६.

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि
    समाचार
    थप

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने
    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५
    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८
     

    Online Khabar News

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution