२ गते फागुन, प्रमोद गिरी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित भुकम्प जानु पहिलैकै स्थानमा सर्ने भएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण र पुण निर्माणकार्य सम्पन्न भएको छ। नयाँ बनेको भुकम्प पतिरोधात्मक भवन सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थानान्तरण हुने भएको हो ।
प्रधानमन्त्री केपि ओलिका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए अनुसार , “प्रधानमन्त्रीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटनपछि उहाँले सरकारको तीन वर्षको उपलब्धिबारे सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।” प्रधानमन्त्रीको सम्बोधनपछि नयाँ बनेको भवनमा मन्तिरिषद मा हुने कामहर पुन सुरुवात हुने बताउनु भयो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |