विभाजित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लडाकूलाई रोजगारी र राजनीतिक नियुक्तिको व्यवस्था गर्ने बताएका छन् । प्रचण्डले झुठा आश्वास दिएर युवाहरुलाई मर्न बाध्य पारेको आरोप लगाउँदै ओलीले पूर्वलडाकुलाई रोजगारी र क्षमता अनुसारको राजनीतिक नियुक्ति दिने आश्वासन दिए ।
बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले पूर्वलडाकु, घाइते, अपाङ्ग भएकाहरुलाई सम्मानपूर्वक परिचयपत्र बाँडिने बताए । प्रचण्डले आफूलाई पूर्वलडाकू, घाइते, अपाङ्गहरुप्रति आँशु चुहाउन नपर्ने भनेको भन्दै उनले भने, ‘जनताको पीडामा आँशु खसाल्नुपर्छ ।’
युवाहरुलाई गलत ढंगले परिचालन गर्न खोजिएको भन्दै ओलीले युवाहरु गलत आश्वासन र भ्रममा नपर्न आव्हान गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |