• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २२, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ३७ मिनेट अघि

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    ४४ मिनेट अघि

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    ४६ मिनेट अघि

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    ५४ मिनेट अघि

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    ५६ मिनेट अघि

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ५९ मिनेट अघि

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    १ घण्टा अघि

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    १ घण्टा अघि

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    १ घण्टा अघि

    चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २२, आईतबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

लोकमार्गले फेरिए गाउँ

होमपेज / Flash News
  • १७२ पटक पढिएको


  • २०७७ माघ ३०, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सिन्धुली : केही वर्ष अघिसम्म सिन्धुलीका ग्रामीण भेगबाट सदरमुकाम सिन्धुलीमाढी आउन निक्कै सास्ती थियो। मदन भण्डारी राजमार्ग निर्माण भएपछि दुधौली, डाकाह, भलुवाही, मरिण, हरिहरपुरगढीलगायतका क्षेत्रका स्थानीयले पैदल र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।

    लोकमार्गले स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याएको छ। आम्दानीका नयाँनयाँ बाटा पनि खुल्न थालेका छन्। घर आँगनमा पक्की सडक निर्माण भएपछि ग्रामीण भेगमा सहरीकरण सुरु भएको छ। विगतमा उदयपुरको कटारीदेखि सिन्धुलीहुँदै मकवानपुरको हेटांैडासम्म पुरानो कच्ची सडकखण्डका नदी र खोलामा पक्की पुल नहुँदा करिब ६ महिनासम्म सदरमुकामसँग सम्पर्कविच्छेद हुन्थ्यो।

    अहिले राजमार्ग बनेपछि त्यस्तो समस्या हटेको दुधौली नगरपालिका–२ हत्पतेका स्थानीय रेखराज दाहाल बताउँछन्। ‘पहिले सडक र कमला नदीमा पुल नहुँदा वर्षामा गाउँबाट कत्तै जान सकिन्न थियो, अहिले एक घण्टामा सिन्धुलीमाढी पुगिँदा ठूलै परिवर्तन भएको महसुस भएको छ’, उनले भने।

    लामो समय पत्रकारितामा सक्रिय दाहाल गाउँमै उद्यम गरेर बस्न थालेका छन्। गाउँमा उत्पादन गरेका कृषि, फलफूल, खसी बाख्रा सहजै बजारसम्म पुर्‍याउन सकिने भएपछि उनीसहितका स्थानीयले कृषि व्यवसाय थालेका छन्। राजमार्ग क्षेत्रमा नयाँनयाँ बजार विस्तार हुने क्रम बढेपछि उद्योग, कलकारखाना, होटेललगायतका व्यवसाय सुरु भएको छ।
    राजमार्गले आर्थिक क्रियाकलाप बढाएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताए। दुधौली नगरपालिका–२ भलुवाहीमा राजमार्गले छोएका जमिन भाडामा लिएर सामूहिक चक्लाबन्दी खेती गरेर किसानले राम्रो आम्दानी लिन थालेका छन्। पहिले बजारको अभावले गाउँमा कृषि उत्पादनले उचित मूल्य पाउन सकेको थिएन।

    चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने गरी निर्माण थालिएको १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्गले सिन्धुली सदरमुकाम सिन्धुलीमाढीबाट हेटौंडासम्मको १ सय १५ किलोमिटर पार गर्छ। यो राजमार्ग पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको बीचबाट भित्री मधेसकालाई जोड्ने गरी निर्माण गरिएको छ। यो राजमार्गले सदरमुकाम सिन्धुलीमाढीसँगको दूरी छोट्ट्याउँदा सिन्धुली पश्चिमी क्षेत्रका बासिन्दाले सुविधा पाएका हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिताकुमारी राईले बताइन्। ‘राजमार्गको निर्माणसँगै सडक

    आसपासको जग्गाको मूल्य पनि अकासिएको छ। पहिले प्रतिकठ्ठा दुई लाख पर्ने जग्गाको मूल्य राजमार्ग निर्माणपछि २० लाख पुगेको छ’, उनले भनिन्।
    कमलामाई नगरपालिका— १ डाँडीका दीपक घिमिरेका अनुसार राजमार्गले छुने गाउँगाउँसम्म विद्युत् र खानेपानीसँगै स्वास्थ्यको पहुँच पनि पुगेको छ। ‘केही स्थानमा काम ढिला भए पनि बनेका सडकले धेरै कुरालाई नजिक बनायो,’ उनले भने, ‘दुर्गम भनेर जग्गा बेचेर सहर पस्नेलाई पनि अहिले यो राजमार्ग निर्माणले गाउँ फर्काएर उद्यमी बनाएको छ।’

    राजमार्गको सिन्धुली खण्डमा मात्र १ सय १५ किलोमिटर सडक आयोजनामा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ३ सय ९७ वटा ह्युमपाइप, १९ वटा बक्स कल्भर्ट, ४ वटा स्ल्याब कल्भर्ट निर्माण गरिएको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ९ सय करोड रुपैयाँभन्दा बढीमा २०७३ कात्तिक २२ गते ठेक्कासम्झौता भएको राजमार्ग निर्माणमा वर्षात्ले केही क्षेति पुर्‍याएको राजमार्ग निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईंले बताए।

    राजमार्गका विभिन्न खोला नदी तथा खहरेमा पक्की पुल, कज्वे निर्माण गर्दा सयौं मिटर तटबन्धन गरिएको छ। यसले चुरेबाट बर्सेनि बगेर आउने खहरे रोक्न मद्दत गरेको कमलामाई नगरपालिका– १४ का स्थानीय शिक्षक शम्भु परियार बताउँछन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ताजा समाचार
    १.

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ३७ मिनेट अघि
    २.

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    ४४ मिनेट अघि
    ३.

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    ४६ मिनेट अघि
    ४.

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    ५४ मिनेट अघि
    ५.

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    ५६ मिनेट अघि
    ६.

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ५९ मिनेट अघि
    समाचार
    थप

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution