• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    ४ घण्टा अघि

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ५ घण्टा अघि

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ६ घण्टा अघि

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ६ घण्टा अघि

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ७ घण्टा अघि

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ७ घण्टा अघि

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    १६ घण्टा अघि

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    १७ घण्टा अघि

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    १७ घण्टा अघि

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    १७ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

नेपालमा आएका विदेशीलाई ठगेर साढे ६ करोडको घर

होमपेज / Flash News
  • ५८४ पटक पढिएको


  • २०७७ माघ ३०, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा शेष घलेको नाम बेचेर ठगी धन्दा चलाउँदै आएका एक व्यक्तिले नेपालमा लगानी गर्न आएका विदेशीलाई समेत करोडौं ठगी गरेको फेला परेको छ । लमजुङ, घनपोखराका गमबहादुर लामिछानेले नेपालमा व्यवसाय दर्ता गर्न चाहेका चिनियाँ नागरिकलाई छक्याएर करिब १० करोड रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । त्यसविरुद्ध प्रहरीमा उजुरी समेत परेको छ ।

    चिनियाँ नागरिकले चितवनमा घाँस उत्पादन तथा प्रशोधन गरी जनावरको लागि आहारा उत्पादन गरी निर्यात गर्ने उद्योग खोल्न चाहेको बताएपछि पहिलादेखि परिचित लामिछानेले आफू पनि त्यसको साझेदार बन्ने प्रस्ताव राखेकाका थिए । चिनियाँ लगानीकर्ताले नेपालमा दर्ता लगातका आवश्यक कानूनी प्रकृया पूरा गर्ने शर्तमा अधिकृत पूँजी १ अर्ब रहेको उक्त कम्पनीमा १० प्रतिशत सेयर लामिछानेले पाउने गरि प्रकृया अगाडि बढेको थियो । तर २०७६ वैशाख १६ गते कम्पनी दर्ता गर्ने क्रममा लामिछानेले आफ्नो एकलौटी नाममा कम्पनी दर्ता गरे ।

    विदेशी नागरिकलाई नेपालमा सिधै कम्पनी दर्ता गर्ने व्यवस्था नभएकोले आफ्नो नाममा कम्पनी दर्ता गरेको बताएका उनले एक सातापछि कम्पनीमा साझेदारको नाम पनि राख्ने बताएका थिए । तर २०७६ जेठ १२ गते उद्योग विभागमा उद्योग दर्ताको अनुमति पनि लिएपनि उनले कम्पनीमा लागनीकर्ता चिनियाँ नारिकको नाम राखेनन् ।

    त्यही बीचमा उद्योगका लागि जग्गा किन्ने भनेर व्यवस्थापन गरेको ६ करोड ५० लाख रकमले लामिछानेले काठमाडौंको टोखारोडमा आफ्नै नाममा घर किने । उक्त घरपनि विदेशी नागरिकको नाममा किन्न नपाइने भन्दै लामिछानेले आफ्नै नाममा पास गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

    यसबीचमा चिनियाँ पक्षले लामिछानेसँग कम्पनीमा आफ्नो सेयर लगानीको आधिकारीकता देखिनुपर्ने माग गरेपछि लगानीकर्ता चिनिया व्यवसायी जुओङ्ग याङ्गसँगले टिएनयू नामक उक्त कम्पनीको शेयर किन्ने सम्झौता पनि भयो । सम्झौताको लामो समयसम्म लामिछानेले सेयरपनि नदिने र घर पनि कम्पनीको नाममा पास नगराएपछि चिनियाँ पक्ष सशंकित भयो । कम्पनीको १० लाख चुक्तापूँजीमध्ये शुरुमा चिनियाँबाटै २ लाख रुपैयाँ लिएका लामिछानेले बाँकी ८ लाख रुपैयाँ पनि चिनियाँ नागरिकसँगै मागे । तर चिनियाँ पक्षले कम्पनी आफ्नो नाममा नआएसम्म लगानीमात्रै गरेर डुब्न सकिने डरले बाँकी रकम दिएनन् ।

    उता चितवनमा उद्योगका लागि ४ करोडजति लगानी भइसकेको थियो । कम्पनी र घर लामिछानेको नाममा दर्ता भएको अवस्थामा उद्योग कसरी अगाडि बढाउने भन्नेमा चिनियाँ पक्ष अलमल पर्‍यो । लामिछानेले कर्मचारीलाई तलब खुवाउन भन्दै रकम माग्न थालेपनि कम्पनी आफ्नो नाममा नआएसम्म बाँकी एक रुपैयाँ पनि लगानी नगर्ने पक्षमा पुग्यो ।

    त्यही बीचमा खटपट शुरु भएपछि लामिछाने चिनियाँ नागरिकसँग टाढिएका छन् । उनले किर्ते हस्ताक्षर गरेर विदेशीले दिने भनेको लगानी ल्याउन नसकेको भन्दै उनीसँग सम्झौता तोडेको समेत काजगात तयार परेको चिनियाँ पक्षको दावी छ ।

    नेपालमा विदेशी लगानी भित्र्याउन सरकारले आह्वान गरिरहेको बेला विदेशी नागरिकलाई ठगेर लगानी अलपत्र पारेका लामिछाने अहिले फरार छन् । लामिछानेले विदेशीलाई झुक्याएर किनेको घर धितो राखेर सेन्ट्रल फाइनान्स, कुपण्डोलबाट २ करोड भन्दा धेरै ऋण समेत लिएका छन् । तर ऋण लिएको रकमले कम्पनीमा कार्यरत कर्मचारीलाई तलब समेत नदिएर चिनियाँ नागरिकसँग माग्न लगाएर भागेको कर्मचारीहरुको आरोप छ । उक्त ऋण तिरेको कागज देखाएर सिभिल बैंकबाट समेत ऋण निकाल्न खोजेपछि उनको शंकास्पद गतिविधि विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । अदालतले उनको कारोबारमा रोक लगाइदिएको छ ।

    लामिछानेले विभिन्न सहकारीबाट लाखौँको ऋण निकाल्ने र नतिर्ने, धेरै बैंकमा शून्य मौज्दातमा खाता खोल्ने र ऋण तिर्नुपर्ने साहुलाई रित्तो खाताको चेक दिने पनि गरेका छन् । उनको ठगीले हैरान भएर बैंकहरुले कर्जा सूचना केन्द्र, राष्ट्र बैंक र प्रहरीसम्म दिनहुँ उजुरी गर्ने गरेका छन् ।

    लामिछानेले वैदेशिक रोजगारमा जाने नेपाली युवालाई समेत ठगी गरेको उजुरी परेको छ । कतारमा कामका लागि भिसा र कामदार रोजगार करारनामा प्रमाणित नै नगरी नक्कली करारनामा बनाएर ठगेका थिए । उनले पठाएका मानिसहरु विमानस्थलमा अलपत्र परेपछि चतुरराज गिरी लगायतको उजरीका आधारमा दूतावासले ७ दिने पुर्जी काटेपछि उनले सो धन्दा छाडेका थिए ।उनले कहिले आफू राजानिकटको मान्छे, कहिले न्यायधीशको नजिकको भन्दै ठग्दै आएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

    उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत परेका छन् । लामिछानेले धेरैजसो कारोबार आफू नफस्ने तरिकाले गर्ने र अरुलाई फसाउने तरिकाले गरेको प्रहरी अनुसन्धानमा फेला परेको छ । त्यसको उदाहरण हो शैलुुङेश्वर प्रगतिशील बचत तथा ऋण सहकारी, क्षेत्रपाटीको नाममा किनेको गाडी । प्रदेश ३– ०१ – ०२२ च ०९६६ नम्बरको गाडी सहकारीको नाममा किनाएर उनले प्रयोग गर्दै हिँडेका छन् । सहकारीले पैसा उठाउन नसकेपछि सहकारीको नामको गाडी फिर्ता नगरेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद दुई व्यक्ति पक्राउ

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

    ताजा समाचार
    १.

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    ४ घण्टा अघि
    २.

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ५ घण्टा अघि
    ३.

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ६ घण्टा अघि
    ४.

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ६ घण्टा अघि
    ५.

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ७ घण्टा अघि
    ६.

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ७ घण्टा अघि
    समाचार
    थप

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution