• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र ३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    १ घण्टा अघि

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    १ घण्टा अघि

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    १ घण्टा अघि

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    १ घण्टा अघि

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    १ घण्टा अघि

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    १ घण्टा अघि

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीले नगद पुरस्कार दिइने

    १ घण्टा अघि

    भदौ २० गतेपछि कर्मचारी सरूवा नगर्न आयोगकाे आग्रह

    १ घण्टा अघि

    झापा पुगेर ओलीले भने- गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ

    १ घण्टा अघि

    मंसिर ४ पछिको प्रधानमन्त्री म हुँ : ओली

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र ३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

बोलेकै भरमा राज्यविरूद्धको कसुर लगाउने हो भने असंवैधानिक कदमविरूद्ध बोल्ने लाखौं मानिस जेल जान्छन : भीमार्जुन आचार्य

होमपेज / बिचार
  • २८८ पटक पढिएको


  • २०७७ माघ २९, बिहिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सरकारले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई गलत कानुनको प्रयोग गरेर पक्राउ गरेको छ।

    महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले बिहीबार दिउँसो झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएका थिए।

    पक्राउ पुर्जी थमाएपछि झाँक्रीले गिरफ्तारी दिएकी छन्। उनलाई अहिले प्रहरीले भ्यानमा राखेर महाशाखा ल्याएको छ।

    कानुनविद्हरूले झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गर्नै नमिल्ने बताएका छन्। संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेबारे व्यवस्था छ।

    ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानूनबमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन,’ संहितामा भनिएको छ।

    जबकी झाँक्रीले राष्ट्रपतिलाई धम्की दिने वा उनको कार्यसम्पादनमा रोक लगाउने वा बञ्चित गराउने कुनै काम गरेकी छैनन्।

    उनले गोरखामा आयोजित आमसभामा बोल्दै झाँक्रीले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि बानेश्वर कता घर छ र ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौंला। बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला। जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासमा बडामहारानीको बास भएको छ। हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौँ। नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो। मदन भण्डारीको ह’त्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी। विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ। विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहर्यौं। तर हाम्रा कुरा कसैले पनि सुनेनन्। आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ।

    उनले भनेको यो कुराले राज्यविरूद्धको कसुरको दफा ५८ आकर्षित नहुने कानुन व्यवसायी टीकाराम भट्टराईले बताए।

    ‘राज्यविरूद्धको कसुर यो संविधान मान्दिनँ भन्ने मान्छेलाई लाग्छ। यो संविधानअनुसार बनेका सरकार र राष्ट्रपतिले गरेको कामको आलोचना गर्नेलाई लाग्दैन,’ उनले भने।

    राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन कार्यकारणी अधिकार प्रयोग गर्दै गरेको उल्लेख गर्दै संविधानले त्यस्ता कामको आलोचना गर्ने अधिकार नागरिकलाई दिएको भट्टराईले बताए।

    झाँक्रीको कुरा भाषण आफूले पनि सुनेको र त्यसमा राज्यविरूद्धको कसुर कहिँ नदेखिने उनले बताए।

    ‘त्यही कदमको विरोध गरेको भरमा राज्यविरूद्धको कसुर लगाउनु स्वेच्छाचारिता र निरंकुशता हो,’ भट्टराईले भने,‘यो कदम हेर्दा सरकार विस्तारै तत्कालीन राजा ज्ञानेन्द्रले गरेजस्तो माघ १९ ल्याउन लागेको छ भन्ने देखिन्छ।’

    झाँक्री र नेता देव गुरुङले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको कदम असंवैधानिक छ भन्दै सर्वोच्चमा मुद्दा हालेको र अदालतमा महिनौंदेखि प्रतिनिधि सभा विघटन हुनु संवैधानिक हो कि होइन भन्ने बहस भइरहेका बेला त्यही विषयमा बोलेको कुरा राज्यविरूद्धको कसुर हुन नसक्ने उनले बताए।

    झाँक्रीलाई धेरै वर्ष कैद सजाय गर्ने मनसायका साथ प्रहरी राज्यविरूद्धको कसुरको दफा ५८ प्रयोग गरेर पक्राउ गरेको देखिन्छ।

    यो कसुर प्रमाणित भएमा झाँक्रीलाई सात वर्षसम्म कैद हुन सक्छ।

    संविधानविद् भीमार्जुन आचार्यले बोलेकै भरमा कुनै नागरिकमाथि राज्यविरूद्धको कसुर लगाउने हो भने अहिलेको असंवैधानिक कदमविरूद्ध बोल्नै लाखौं मानिस जेल जाने बताए।

    ‘दफा ५८ ले राष्ट्रपतिलाई काममा शिलशिलामा बल प्रयोग गरेर धम्की दिन नहुने भनेको छ। राष्ट्रपतिले गरेको कामबारे आलोचना गर्न नहुने भनेको छैन,’ आचार्यले भने।

    झाँक्रीको अभिव्यक्तिमा कुनै व्यक्तिगत लाञ्छना भए त्यसमा गाली बेइज्जतीसम्बन्धी कानुन आकर्षित हुने उनले बताए।

    ‘उहाँको कुनै शब्दमा व्यक्तिगत लाञ्छना छ भने त्यसमा गालीबेज्जइतीको कानुन आकर्षित हुन सक्ला तर यो राज्यविरूद्धको कसुर हुँदै होइन,’ आचार्यले भने।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो

    लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

    ताजा समाचार
    १.

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    १ घण्टा अघि
    २.

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    १ घण्टा अघि
    ३.

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    १ घण्टा अघि
    ४.

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    १ घण्टा अघि
    ५.

    दक्षिणकाली माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् भदौ ४ गते शनिबारको राशिफल

    १ घण्टा अघि
    ६.

    युद्ध भड्काएर अमेरिका ताइवानलाई हतियार बेच्न चाहान्छ : मलेसियन पूर्वप्रधानमन्त्री

    १ घण्टा अघि
    समाचार
    थप

    एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु

    बालेन विरुद्ध हर्क साम्पाङ अझै कडा बनेर निस्किए, खोले अर्को फायर

    नेपालमा विमानस्थलभित्र चलचित्र सुटिङ गर्दा लाग्ने शुल्क बढ्यो, जान्नुहोस कति पुग्यो ?

    धन कमाउन यूएई गएका गोरखाका सीताराम उतै अस्ताए

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution