सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यस अघि सरकारले सोनाम ल्होछारको विदा कटौती गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |