बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।
सोमवार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले भट्टको शव बुझ्न आग्रह गरे पनि घटना भएको छ दिन पुगिसक्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका हुन् ।
मृतक भागरथीका काका शिवराज भट्टले हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने बताए । भागरथीको शव बैतडी अस्पतालको शव गृहमा राखिएको छ ।
सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथीको गत बुधवार बलात्कारपछि हत्या भएको थियो । सनातन माविका विद्यार्थीहरुले हत्यारा पक्राउका लागि मंगलबारसम्मको अल्टिमेटम दिएका छन् ।
हत्यारा पक्राउ नपरे कडा आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |