बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले आफ्नो पुरानो घर बेचेकी छन्।
भारतीय सञ्चारमाध्मयका अनुसार उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग घर बेचेकी हुन।
मुम्बईको जुहुमा रहेको प्रियंकाको पुरानो घर ७ करोड भारुमा किनबेच भएको हिन्दुस्थान टाइम्सले जनाएको छ। हाल ज्याकलिन उक्त घरमा सरिसकेकी छिन्।
प्रियंकाको रहेको घरको नाम ‘कर्मयोग’ राखिएको छ। घरमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ।
समाचारका अनुसार करिव दुई बर्ष अगाडिदेखि ज्याकलिन नयाँ घरको खोजिमा रहेकी थिइन्। मुम्बईको जुहुमा उनको घरमा किन्ने इच्छा थियो। त्यो अहिले पुरा भएको छ।
यसअघि ज्याकलिन मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी थिइन्।
प्रियंका र उनका पति निक जोनस हाल अमेरिकामा बस्छन्। उनीहरुले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन्। प्रियंका र निकले २०१८मा यसै घरमा विवाह गरेका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |