दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ । अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बताए ।
थुम्पाखरमा भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेमध्ये दोलखाको बलेफी गाँउपालिका–७ का ३७ वर्षीय सिताराम थापाको अवस्था गम्भीर छ ।
ढाडमा चोट लागेको उहाँलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । बाँकी १८ जनाको खाडीचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।
दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको बा २ ख २७८९ नम्बरको यात्रुवाहक बस लामोसाँघु जिरी सडक खण्डअन्तर्गत सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको हो । तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको थियो । बस दुर्घटना भएपछि चालक भागेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |