नेपाली राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल र कतारबीचको टी–ट्वान्टी सिरिज स्थगित भएको जनाएको हो ।
नेपालले कतारसँग उसको घरेलु मैदानमा फेब्रुअरी नौबाट सुरु हुनेगरी तीन म्याचको टी–ट्वान्टी शृङ्खला खेल्ने तय भएको थियो । नेपाल र कतारबीचको बाइल्याट्रल टी–ट्वान्टी सिरिजअन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुने तय भएको थियो ।
जसका लागि नेपाली टोलीले फेब्रुअरी १ बाट बन्द प्रशिक्षण सुरु गर्ने तालिका थियो । तर कोरोना महामारीका कारण कतार सरकारको निर्णयबमोजिम सो सिरिज स्थगित भएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |