• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ भाद्र २, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    ७ घण्टा अघि

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    ७ घण्टा अघि

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    ७ घण्टा अघि

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    ७ घण्टा अघि

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    ७ घण्टा अघि

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ७ घण्टा अघि

    मोरङ १ मा एमाले उम्मेदवार शिवमाया कि घनश्याम ?

    ८ घण्टा अघि

    भरतमोहन अधिकारी प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई बाँड्यो मोबाइल फोन

    ८ घण्टा अघि

    कानेपाेखरीमा मल वितरण गर्दा नगरकाे नियम पालना पराजुली एग्राेभेट ले गरेन।

    ८ घण्टा अघि

    जनयुद्धमा ज्यान गुमाएकालाई विर्सिएर जाँड खाएर मरेका आफन्तको शालिक बनाए

    ८ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ भाद्र २, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

लाइसेन्स परीक्षाका लागि ६ देखि ७ महिना कुर्नुपर्ने र लिखितमा ८० अङ्क ल्याउनुपर्ने नयाँ प्रावधान

होमपेज / समाचार
  • २६८ पटक पढिएको


  • २०७७ माघ १७, शनिबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सवारी चालक अनुमति पत्र पाउन सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्ने देखिएको अधिकारीहरूले बताएका छन्। को’रो’ना’भा’इ’र’स’ म’हा’मा’री’का’ कारण १० महिना जति चालक अनुमति पत्र दिने प्रक्रिया रोकिएको थियो। त्यो खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख सर्वसाधारणले आवेदन दिइसकेका छन्। त्यसैकारण वैशाख सम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। “अझ कतिपय कार्यालयहरूमा त जेठ महिनाको अन्त्य सम्मको मिति सकिएको अवस्था छ,” उनले भने।

    लाइसेन्स परीक्षाका लागि ६ देखि ७ महिना कुर्नुपर्ने र लिखितमा ८० अङ्क ल्याउनुपर्ने नयाँ प्रावधान

    हाल अहिले देशभरि करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेको उनले बताए। “हाम्रोबाट मासिक करिब ७०,५०० सवारी चालक अनुमति पत्र जाने गरेको छ। त्यसलाई आधार बनाउँदा करिब ७ देखि ८ लाख सर्वसाधारण प्रतीक्षामा छन् भनिएको हो,” उनले भने। “त्यसमध्ये दुई लाखभन्दा बढीले फारम भरिसकेको अवस्था छ। मलाई लाग्छ अहिले भर्नेहरूले ६ – ७ महिनापछि पालो पाउनुहुन्छ होला।”काठमाण्डू, बुटवल, वीरगञ्ज लगायतका प्रमुख सहरहरूमा अत्यधिक चाप रहेको अधिकारीहरू बताउँछन्। हाल विभाग सङ्घ अन्तर्गत रहेको र यातायात कार्यालयहरू प्रदेश सरकार अन्तर्गत रहेकाले पनि उक्त कार्य चाँडो हुने गरी अघि बढाउन कठिनाइ भइरहेको विभागको भनाइ छ। चाप बढी भएकै कारण विभागले यातायात कार्यालयहरूलाई दुई सत्रमा काम गर्न भनेको हमाल बताउँछन्।

    यसैबीच सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी थालेको बताइएको छ। हाल विद्यमान विभिन्न समस्याहरूको समाधान गर्नका लागि भन्दै प्रयोगात्मक परीक्षामा ६० अङ्क ल्याए अनुमति पत्र प्राप्त गर्ने प्रावधान सहितको परीक्षा मापदण्ड तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिसकिएको हमाल बताउँछन्।

    “मन्त्रालयस्तरीय निर्णय भएपछि यो मापदण्ड लागु गर्न दुईदेखि तीन महिना लाग्ला,” उनले भने। विभिन्न देशहरूका व्यवस्था हेरी हालको मापदण्डलाई थप वैज्ञानिक बनाउने उद्देश्यका साथ प्रक्रिया अघि बढाइएको बताइएको छ।

    मापदण्ड

    नयाँ व्यवस्थामा मापदण्ड नयाँ नहुने हमाल बताउँछन्। पुरानै मापदण्डहरूमा अङ्क दिने विभागको भनाइ छ। हाल सबै मापदण्ड अनिवार्य पास गर्नुपर्ने व्यवस्था छ। नयाँमा भने प्रत्येक मापदण्डमा अङ्क राख्ने र परीक्षार्थीले उत्तीर्ण गरेका मापदण्डको अङ्क जोड्दा कुल १०० मा ६० अङ्क ल्याउनुपर्ने व्यवस्था प्रस्तावित गरिएको बताइएको छ। “त्यस कारण परीक्षामा सहभागी सबै उत्तीर्ण हुन्छन् भन्ने होइन। यसलाई थोरै सहज बनाइएको मात्रै हो,” हमालले भने। “विश्वका जुनसुकै देशमा ठूलो र सानो गल्ती हेरिन्छ र यत्तिसम्म भयो भने अनुमति दिने भन्ने हुन्छ। हाम्रोमा चाहिँ कुनै पनि गल्ती हुनै नहुने अवस्था छ। नयाँ व्यवस्थाले जान्दै नजान्ने व्यक्तिले अनुमति प्राप्त गर्छ भन्ने होइन।”

    उकालो ओरालो जस्ता अत्यावश्यक मापदण्डमा कुनै पनि किसिमको परिवर्तन नहुने तर सामान्य घेरा छोएको जस्ता विषयमा भने अङ्क दिने योजना विभागको छ। हाल प्रयोगात्मक परीक्षाको सबै मापदण्ड पूरा गरे पनि अन्तिममा एउटा घेरा छोएकै आधारमा अनुत्तीर्ण हुने अवस्था छ। तर नयाँ मापदण्ड कार्यान्वयनमा आए एकपटक त्यस्तो घेरा छोए ५ अङ्क काटिने, दुई पटक छोए १० अङ्क काटिने र तेस्रो पटक छोए अनुत्तीर्ण हुने जस्ता प्रावधान समावेश हुने बताइएको छ।

    लिखितमा ८० अङ्क प्राप्त गर्नु पर्ने

    विभागका अनुसार सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि हुने परीक्षामा नेपाल विश्वमै कम उत्तीर्ण दर भएको देशमा पर्छ। पहिलो पटकको प्रयासमा नेपालमा जम्मा २५ देखि ३० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेको अधिकारीहरू बताउँछन्। त्यस्तो प्रतिशत अन्य देशहरूमा ७० प्रतिशतसम्म रहेको उनीहरूको भनाइ छ।

    मापदण्ड धेरै कडा बनाउँदा चार-पाँच वर्ष सडकमै सवारी हाँकेका मानिसहरू समेत अनुत्तीर्ण हुने अवस्था देखिएको विभागले जनाएको छ। “त्यसकारण प्रश्न कडा गर्नेभन्दा पनि सडकमा जान्नुपर्ने कुराहरू थाहा दिने गरी वार्षिक सोधिने प्रश्नहरूको सँगालो बनाउने छौँ र त्यसलाई प्रकाशन गर्ने छौँ। जनताले धेरै भन्दा धेरै जानुन् भन्ने हाम्रो उद्देश्य हो। यसरी परीक्षा दिँदा परीक्षार्थीले कम्तीमा ८० अङ्क ल्याउनुपर्ने प्रस्ताव गरिएको छ,” हमालले भने। हाल लिखितमा ५० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था छ।

    तीन पटकसम्म परीक्षा दिँदासमेत अनुत्तीर्ण भएपछि सर्वसाधारणहरूले अन्य उपाय अपनाउने गरेको अधिकारीहरू बताउँछन्। “यसले व्यवस्थालाई भ्रष्ट बनाउने गतिविधि बढ्छ,” हमालले भने। नयाँ मापदण्डले यो अवस्थाको अन्त्य गर्ने र यसको प्रभाव समग्रमा राम्रो हुन जाने अनुमान आफूहरूको रहेको उनी बताउँछन्। कतिपयले नयाँ व्यवस्थाको पारदर्शितामाथि प्रश्न उठाइरहेका छन्। हमालले भने, “सीसीटीभी क्यामेराबाट नियाल्नेदेखि अन्य अनुगमनका काम हुनेछन्। परीक्षास्थलमा प्रत्यक्ष अङ्क दिइनेछ र तत्काल फेल पास छुट्ट्याइनेछ।” स्रोत: बिबिसी

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ताजा समाचार
    १.

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    ७ घण्टा अघि
    २.

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    ७ घण्टा अघि
    ३.

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    ७ घण्टा अघि
    ४.

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    ७ घण्टा अघि
    ५.

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    ७ घण्टा अघि
    ६.

    हर्क साम्पाङले १०० दिनमा के–के गरे ? सार्वजनिक गरे कामको विवरण

    ७ घण्टा अघि
    समाचार
    थप

    वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

    इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution