• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सासुको खानामा सधै अली अली बीस मिसाएर खुवाउने यी बुहारी

होमपेज / समाज
  • ४७६ पटक पढिएको


  • २०७७ माघ १७, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य क´ष्टकर हुने देखियो । सासू पुरानो विचारकी,बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र ? दिनहुँ भनाभन हुन थालिहाल्यो । दिन बिते,महिना बिते र वर्ष पनि बित्यो । न त सासूले बुहारीका विषयमा तीता टीकाटिप्पणी गर्न छाडिन् न त बुहारीले मुख फर्काउन । समस्या झन्भन्दा झन् खराब हुँदै गयो । आरती आफ्नी सासूलाई एकदम घृणा गर्न थालिन् । जब समाजका अन्य मानिसका अगाडि उनले सासूप्रति आदरभाव र शिष्टता प्रकट गर्नुपर्ने अवस्था आइलाग्थ्यो, उनलाई असह्य हुन्थ्यो ।

    उनी सासूबाट छुटकारा पाउने उपायका बारेमा सोच्न लागिन् । तर हाम्रो समाज यही हो, भनेजति सजिलै सासूबाट मुक्ति मिल्दैन । त्यसमाथि लोग्नेले त्यस समस्यालाई वास्तै गरिदिएन भने नारी एक्लैले विद्रोह गरे पनि केही हुनेवाला छैन ।एक दिन उनको सासूसँग निकै नराम्रो गरी झगडा भयो । लोग्नेले आमाको पक्षमा लागेर उनैलाई दोषी भनिदिए । उनी निराश, दुःखी र क्रोधित भएर माइत पुगिन् । आरतीका पिता आयुर्वेदका डाक्टर थिए । उनले पितालाई आफ्नो दुखेसो रुँदैरुँदै सुनाइन् । अन्त्यमा उनले भनिन्– ‘हजुरले अब मलाई कुनै कडा विष दिनुपर्यो । म त्यस दुष्ट बूढीलाई खानामा मिलाएर खुवाइदिन्छु । विष दिनुहुन्न भने म त्यस घरमा अब कहिल्यै पाइलो राख्तिनँ ।’ पितालाई छोरीको दुःखले दुःखी बनायो । उनले छोरीलाई प्रेमपूर्वक शिरमा थप्थपाए । उनले भने– ‘छोरी ! तिमीले आफ्नी सासूलाई विष खुवाएर मार्यौ भने ढिलोचाँडो पुलिसले पत्ता लगाएरै छाड्छ । तिमी जेल जानेछौ र मलाई पनि पुलिसले जेलको ढोकाबाट भित्र छिराउनेछ, किनभने विष दिएर षड्यन्त्रमा सघाएको आरोप मलाई पनि लाग्नेछ । यसो गर्नु ठीक हुँदैन ।’

    तर आरती आफ्नो ढिपीमा अडिग रहिन् । उनले भनिन्– ‘हजुरले मलाई विष दिनैपर्छ । जस्तोसुकै आपत् आइलागोस् बरु,तर अब म त्यस बूढीको मुख हेर्न चाहन्नँ ।’ पिताले केहीबेर सोचेपछि भने–‘त्यसो भए तिम्रो खुसी ….। म के गर्न सक्छु र ? तर तिमीलाई पुलिसले हत्कडी लगाएर जेलमा हालेको देख्न म सक्तिनँ । मैले जसो भन्छु त्यसो गर्छौ भने मात्र म तिमीलाई विष उपलब्ध गराउन सक्छु । हुन्छ भने‘हुन्छ’भन …।’ ‘मैले के गर्नुपर्छ त ?’आरतीले भनिन् ।

    पिताले विषको एउटा पुरिया हातमा दिँदै भने–‘तिमीले हरेक दिन यो विषको एक चिम्टी मात्र सासूको खानामा सुटुक्क मिसाउनुपर्छ । विषको यति थोरै मात्राले कोही मरिहाल्दैन,बरु बिस्तारैबिस्तारै नजानिदो गरी शरीर शिथिल हुन्छ,भित्रभित्रै ऊ रोगाउँदै जान्छ र छ महिनाजतिमा मानिस मर्छ । तिम्री सासूलाई तिमीले दिनहुँ अलिअलि विष खुवायौ भने उनी विषका कारणले हैन प्राकृतिक कारणले मरेकी हुन् भनेर सबैलाई विश्वास हुन्छ ।’

    पिताले फेरि भने–‘तर तिमीले यो काम अत्यन्त होसियारीपूर्वक गर्नुपर्छ । ज्वाइँसाहेबलाई कत्ति पनि शङ्का हुनुहुँदैन । कुनै कारणवश तिमीले लापर्बाही गरिहाल्यौ भने तिमी र म दुवै जीवनभर जेलमा सड्नेछौँ । बुझ्यौ हैन कुराको गम्भीरता ? त्यसैले आजदेखि उप्रान्त तिमीले सासूसँग झगडा गर्न भएन,बरु उहाँको ठीकसँग सेवा गर्नू । कसैले तिम्रो बारेमा टीकाटिप्पणी गरिहाल्यो भने पनि तिमीले चुपचाप सुन्नू । कुनै पनि किसिमले जबाफ नफर्काउनू । भन,यो सब गर्न सक्छौ ?’ आरतीले सोचिन्–‘के भो र,पाँच–छ महिनाको कुरा त हो । त्यसपछि त बूढी मरिहाल्छे । यति समय त सहनै पर्यो नि ।’ उनले पिताको आदेश पूर्ण रुपले पालन गर्छु भनेर वि`षको त्यो पुरिया लिएर गइन् ।

    घर आइपुगेको भोलिपल्टैदेखि उनले सासूको खानामा हरेक दिन बडो होसियारीपूर्वक अलिअलि गर्दै वि`ष मिलाउन थालिन् । उनले सासूका प्रतिको व्यवहारमा पनि परिवर्तन ल्याइन् । बूढीका तीता वचन पनि चुपचाप सहिन् । जतिसुकै रिस उठे पनि उनी त्यो रिस दबाएर अनुहारमा मुस्कान ल्याउन प्रयत्न गर्थिन् । उनी आफ्नी सासूको सेवा र टहल गर्न पनि थालिन् । राति सुत्ने बेलामा गोडासमेत थिचिदिन्थिन् । बूढी अब केही महिनाकी पाहुना मात्र थिइन्, त्यसो भएकाले बूढीका हरेक इच्छा पूरा गर्न उनी प्रयत्न गर्थिन् । उनका सबै कुरा सुनिदिन्थिन् । आरतीले सासूलाई मन पर्ने खाना र खाजाहरु तयार गरिदिन्थिन् । सोधीसोधी नयाँनयाँ परिकार बनाएर दिन्थिन् । सासूको राम्रो ख्याल गर्न थालिन् । उनका आज्ञा पालन गर्न थालिन् । केही हप्तामा सासूको व्यवहारमा परिवर्तन आयो । आफ्नो कुरामा बुहारीले जबाफ नफर्काएकाले बूढीको कचकचमा कमी आयो । बूहारीले आफ्नो सेवाशुश्रूषा गर्दा अब बूढी आशिष दिन पनि थालिन् । छरछिमेकमा आफ्नी बुहारीको बारेमा नचाहिँदा टिप्पणी गर्न पनि छाड्दै गइन् ।

    बिस्तारैबिस्तारै समय बित्तै गयो । आरती हरेक दिन नबिराई विषको मात्रा बूढीको खानामा मिलाउँथिन् । चार महिना बितेपछि उनले विषको मात्रा अलिअलि गर्दै बढाउन पनि थालिन् । केही दिनमा वि`षको मात्रा पूरा भयो । यता उनको घरको वातावरण भने एकदम बदलिइसकेको थियो । सासू–बुहारीको झगडा एकादेशको कथा भइसकेको थियो । छिमेकी आइमाईहरुसँग आफ्नी बुहारीको निन्दा गर्न नथाक्ने सासू अब आफ्नी बुहारीको प्रशंसामा समय बिताउन थालिन् । बिस्तारै सासूले उनको पनि धेरै ख्याल गर्न थालिन् । बुहारीसँगै खान नपाउँदा उनलाई खाना खाएजस्तै हुन छाड्यो । सुत्नुअघि बुहारीसँग प्रेमपूर्वक बोलीचाली गर्न पाइनन् भने उनी रातमा ठीकसँग सुत्न पनि सक्न छाडिन् ।

    छैटौँ महिना लाग्ने बेलासम्ममा आरतीले विचार गरिन्– सासू उनलाई आफ्नै छोरीलाई झैँ माया गर्न थालेकी छन् । हेर्दाहेर्दै आरतीले आफ्नी सासूमा आफ्नी आमाको प्रतिबिम्ब देख्न थालिन् । आफूले खुवाएको विषको असरले सासू मर्ने दिन नजिकिँदै आयो । आरतीलाई यस कुराले चिन्तित बनाउन थाल्यो । अब उनलाई लाग्न थाल्यो सासू नमरिदिऊन् । यस्तै ऊहापोहका बीच उनी माइत गइन् । उनले आफ्ना पितालाई भनिन्–‘पिताजी,मलाई त्यो विषको असर समाप्त पार्ने औषधि दिनुहोस् । अब म आफ्नी सासूलाई मार्न चाहन्नँ । उहाँ सारै असल हुनुहुन्छ । मलाई उहाँ आफ्नै आमाजस्तो लाग्छ ।’ पिता एकदम जोडले हाँसे । उनले हाँस्तै भने–‘विष ? कुन विष ? मैले त तिमीलाई विष हो भनेर खाना पचाउने औषधिको पुरिया दिएको थिएँ ।सामाजिक संजालबाट । कथा मन परेमा सेयर गर्नुहोला।।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution