चर्चित अभिनेत्री मनिषा कोइरालाले एक ५ बर्षे बालिकालाई पढाइदिने भएकी छन्।
अभिनेत्री कोइरालाले शुक्रबार राजधानीमा आयोजित महिला हिंसाविरोधी कार्यक्रम ‘मिसन जननी जयते’मा बलात्कार पीडित पाँच बर्षिया बालिकालाई सहयोग गर्ने घोषणा गरेकी हुन।
ती बालिकालाई निःशुल्क शिक्षा र आर्थिक सहयोग गर्ने उनले बताएकी छन्।
केहि समय अघि नेपाल-भारतबीच सीमा विवादको मुद्धामा नेपालको पक्षमा खुलेर लागेकी अभिनेत्री कोइाराला भारतीय मिडियाको निशानामा परेकी थिइन्।
हाल स्वदेशमै रहेकी अभिनेत्री कोइराला सामाजिक कार्यमा व्यस्त छन्।