क्रान्तिको शंखघोष गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीको आन्तरिक जिवनमा शुद्धीकरण अभियान संचालन गरेको छ । केही दिनअघि मुलुकको अज्ञात स्थानमा बसेको स्थायी कमिटी बैठकले सबै संगठनात्मक संरचनामा हेरफेर गरेको स्रोतको दावी रहेको छ ।
नेकपाले पार्टीभित्र आउन सक्ने विकृति मध्यनजर गर्दै शुद्धीकरण अभियानलाइ ब्यवस्थित गर्दै लगेको स्रोतले बताएको छ ।
कुल केन्द्रीय सदस्यमध्ये केहिलाइ शुद्धीकरण अभियानमा र केहिलाइ पार्टी बाट नै कार्वाही गरिएको बताइएको छ । स्रोतका अनुसारअब नयाँ ढंगले चल्नुपर्छ भन्ने निष्कर्ष सहित नेकपाले कार्यक्रम र संगठन तय गरिएको बताएको छ ।
अधिकाश पार्टीको पछिल्लो निति अनुसार हेरफेर भएका भएता पनि केहिलाइ पार्टी नेता कार्यकर्ताको सुराकी गरेको, जिम्मेवारी दिएको क्षेत्रमा नगएको भन्दै जिम्मेवारीबाट पुर्ण रुपमा हटाइएको बताएको छ । यधपी नेकपाले नाम भने सार्वजनिक गरेको छैन ।
नेकपा स्रोतका अनुसार ‘केही सदस्यले पार्टीभित्रको गो’पनीयता भंग गरेको, सुराकी गरेको भन्ने उजुरी परेका र अझ छानबिन गरेर थपलाइ का’र्वाही हुनसक्ने संकेत समेत गरेको छ ।
नेकपाले दलाल सरकारले प्रतिबन्ध लगाएको अवस्थामा इमानदार कार्यकर्ता आवश्यक रहेको मर्म बोध सहित शुद्धीकरण अभि’यानबाट पार्टी अझ मजबुत र स्पातिलो बनाउने तिर गएको स्रोतको भनाइ रहेको छ । स्रोतका अनुसार दर्जनभन्दा बढी कार्यकर्तामाथि सुच्म निगरानी गरिरहेको बताउदै क्रान्ति बिरोधि गतिविधि गर्नेलाइ कुनै पनि मुल्यमा नछोड्ने निति लिएको बताइएको छ ।