उर्जा जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले देश केपी ओलीमय भएपछि प्रचण्ड माधव समुह चुनावबाटै तर्सिएको बताएका छन ।
नेकपा अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले राष्ट्रियताको रक्षा, विकास र समृद्धिको लागि ओलीले खेलेको भूमिकाका कारण देश ओलीमय भएको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गरी निको भएर फर्किपछि प्रचण्ड अताल्निुभयो, ‘प्रचण्ड आफैले गरेको प्रस्तावको विपक्षमा उभिनुभयो ।’
उनले प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष बन्न हतार गरेकै कारण पार्टी विभाजनको स्थितिमा पुगेको भन्दै ओलीको कुनै दोष नरहेको बताउदै उनले भने, ‘प्रधानमन्त्रीले दीर्घकालिन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहनुभयो, निकै राम्रा कामहरु भए, प्रतिपक्षले बिरोध नगरि बसेपनि पार्टी भित्रकै केही नेताहरु सरकारलाई असफल बनाउन योजनावद्ध रुपमा लागे, ‘ओली हटाउने हस्ताक्षर क्याम्पेनको सबै भन्दा पहिले बिरोध गर्ने व्यक्ति मै हुँ, ‘पार्टीभित्रैबाटै प्रधानमन्त्रीलाई कामै गर्न नदिई असफल बनाउन खोज्नले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्यो ।’
उनले पूर्व माओवादी समूहका नेताहरु ओली समूहमा लाग्नुलाई स्वभाविक रुपमा हेर्नुपर्ने भन्दै आफूहरुलाई माओवादी ‘लिगेसी’ छाडे भन्नुले कुनै अर्थ नराख्ने बताए । उनले भने, ‘प्रचण्डको पछि माधव, झलनाथ लागेपछि हामीहरु ओली पक्षमा लाग्दा ‘लिगेसी’ भन्दै कराउनुको अर्थ छैन ।’