नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका बेला आफ्ना छोराछोरी पनि जंगलमै लगेर हिँडेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेकोमा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आएका छन् । यस्तोमा शुक्रबार विराटनगरमा आयोजित सभामा प्रचण्डले ओलीलाई जवाफ दिँदै भावुक भएका छन् ।
सम्बोधनका क्रममा उनले भने, ‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष हो ?’
उनले अघि भने, उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो ? छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो ?’