शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। यस दिन सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री हुँदैछ। बिहीबार सुन तोलामा १०० रुपैयााले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको थियो।
सुनको भाउ स्थिर रहेतापनि साताको अन्तिम कारोबार दिन चाँदीको भाउमा बढोत्तरी भएको छ। शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।