कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आगामी वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुने बताएकी छन् ।
बिहीबार अखिल नेपाल महिला सङ्घ काभ्रे जिल्ला कमिटीको बनेपामा भएको जिल्लास्तरीय बैठक तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
महिला भोट बैंक भएकाले त्यसलाई निष्कलङ्क रूपमा पार्टीलाई बहुमत ल्याउने तरिकाले लाग्न आग्रह गरिन् ।
उनले पार्टीभित्र पनि प्रतिस्पर्धा हुने भएकाले महिला मुक्ति र अधिकार स्थापित गर्नको लागि महिलाले अब इतिहासको गाथा गाएर मात्रै नहुने भएकाले क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उत्रनका लागि आफैँ सक्षम हुन आवश्यक रहेकोमा जोड दिइन् । रासस