प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूह बाहिरिएपछि पार्टीमा उत्साह छाएको बताएका छन् । ‘ओली समूह’का अध्यक्ष ‘ओलीले आजको दिनमा आफ्नो पार्टी देशकै सबैभन्दा एकताबद्ध पार्टी भएको जिकिर गरेका छन् ।
नेकपा निकट मजदूर संगठन जिफन्टको ओली पक्षीय भेलालाई बिहीवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी आज देखिएको जस्तो एकता कैयौं वर्षदेखि देख्न नपाएको स्मरण गरे । पार्टी विभाजनप्रति चिन्तित कार्यकर्तालाई आश्वस्त पार्दै ओलीले भने– ‘हामीलाई मनमा कस्तो–कस्तो लाग्न सक्छ, पार्टी फुट्यो भनेर, आज पार्टीमा जस्तो एकता छ, त्यस्तो एकता कति वर्षदेखि थिएन रु आज हाम्रो पार्टी देशमै सबैभन्दा एकताबद्ध पार्टी हो । नेपालमा सबैभन्दा अनुशासित पार्टी नै हाम्रो पार्टी हो ।’
ओलीले विभाजन अघिको नेकपालाई इतिहासकै गएगुज्रेको पार्टीका रूपमा चित्रित गरे । ‘हिजो नेपालका पर्टीहरूमध्ये सबैभन्दा अराजक, अनुशासनहीन, गएगुज्रेको र गैताल पार्टी नै हाम्रो पार्टी बन्यो । पार्टी, पार्टी जस्तो थियो र ? बैठक, बैठक जस्तो थियो र ? यताबाट उठेर एउटा कराउँछ, उताबाट अर्को कराउँछ च्याउँच्याउँ र म्याउँम्याउँ गरेर, अहिले पार्टी त्यस्तो छैन । एउटै ध्येय, एउटै धारणा, एउटै लक्ष्य विकास र समृद्धि’ ओलीले भने । उनले प्रचण्डले पार्टी छाडिसकेपछि सूर्य चिन्ह दाबी गरेको पनि बताएका छन्।
‘प्रचण्डले सूर्य चिन्हबाट एकपटक चुनाव लड्नु भयोरु कहिलेबाट तपाईंको भो सूर्य चिन्हरु,’ उनले प्रश्न गरे, ‘पार्टी छोडेपछि सूर्य चिन्हरु दशा लागेपछि के लाग्छ।’ उनले केही सञ्चार माध्यमले सरकारका राम्रा काम नदेखेको पनि बताएका छन्।
प्रधानमन्त्री ओलीले आफूविरूद्ध मुद्दाहरू दर्ता भइरहेकोले कानुन पढेकाहरूले काम पाइरहेको बताए। विगतमा आफ्नो सरकार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको उनले बताएका छन्।