मासिक सय रूपैयाँ तिरेर पढेकी अस्मिता संसारकै महँगो कलेजमा पढ्न स्विट्जरल्यान्ड प्रस्थान

काठमाडाैं । मासिक रु एक सय शुल्कमा पढाइ हुने नेपालकै सस्तो विद्यालयमा पढेकी एक छात्राले संसार कै महँगो मध्येको कलेज पढ्न स्विट्जर ल्यान्ड गएकी छन् । उत्तम सञ्जेलले सञ्चालन गरेको समता शिक्षा निकेतनबाट एसईई उत्तिर्ण गरेकी चितवनकी अस्मिता अधिकारी संसारको महंगो मध्ये एक र सुविधायुक्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न गएकी हुन् ।

अध्ययनका लागि वार्षिक करिब २ करोड शुल्क लाग्ने उक्त कलेजमा पढ्का लागि अस्मिताले चार वर्षे निःशुल्क छात्रवृत्ति पाएको समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले बताए । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेज मध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए ।

नेपालमा जन्मिएका व्यापारी तथा गैस आवासीय नेपाली सँगमा पूर्व अध्यक्ष उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् । अस्मिताका बुबा अमृत ट्याक्सी चा’लक हुन् । रोजगारीका लागि खाडी मूलुक गएका उनी विरामी परेर नेपाल फर्केपछि छोरा छोरीलाई पढाउने कुनै उपाय नहुँदा समतामा भर्ना गरेका थिए । एक छोरीले समताबाटै प्लस टु उत्तिर्ण गरेकी छन भने भर्खर एसईई दिएकी अस्मिताले सँसारकै महँगो मध्येको कलेज पढ्न अबसर पाइन् ।

अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन। उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे। तर बीचमा यस्तो मौका जुरेको छ । छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।”

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *