• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)संसद विघटन (17)नेकपा (17)निर्वाचन (15)विघटन (14)
  • कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ७ घण्टा अघि

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ८ घण्टा अघि

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ८ घण्टा अघि

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ८ घण्टा अघि

    बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना

    ८ घण्टा अघि

    बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

    ९ घण्टा अघि

    महादेवस्थानमा सहकारीमा ५लाख नगद चोरी

    ९ घण्टा अघि

    अल्का अस्पतालमा बुधबार र बिहीबार पनि (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७८ बैशाख ८, बुधबार
in
FLASH NEWS
  • १कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु
  • २कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित
  • ३`भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु
  • ४यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना
  • ५आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला
  • ६माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै
  • ७बढ्दो कोरोना भाईरसनिर्मुल गर्न रौतहटमा माक्स नलगाउनेहरुलाई सय रुपैयाँ जरिवाना
  • ८बस र ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु

मान्य मुख्यमन्त्रीज्यू मन्त्रालय चलाउने मन्त्री खोज्नुस् मलाई वैशाखमा चुनाव लड्ने इच्छा छ : मन्त्री विकास लम्साल

होमपेज / गण्डकी
  • ७२ पटक पढिएको


  • २०७७ पौष २९, बुधबार (३ महिना अघि)
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल प्रदेशका सबैभन्दा धेरै विवादमा आउने मन्त्री हुन्।

    उनी विवादित हुनुको कारण अरु कोही नभएर उनले दिने अभिव्यक्ति र गर्ने काम हुन्। पोखरामा लागुऔषधसहित यौन व्यसाय खुलाउने गरी ‘इन्जोय जोन’ बनाउनेदेखि फेवातालमा कफी सप खोल्ने, फेवातालमा पानी जहाज चलाउनेजस्ता कुरा गरेर उनले आफूलाई चर्चामा राखिरहन्छन्, विवादमा तानिरहन्छन्।

    पर्यटनमन्त्री लम्सालले प्रदेश सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मंगलबार फेरि अर्को यस्तै विवादित कुरा राखेका छन्। मंगलबारको बैठकमा विपक्षी दलले बढ्दो महंगीका बारेमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए।

    उक्त प्रस्तावमा छलफलपश्चात जवाफ दिँदै मन्त्री लम्सालले प्रश्नको जवाफभन्दा ओली पक्षीय राजनीतिक कुरा गरेर समय बिताइदिए। प्रधानमन्त्री केपी शार्मा ओलीले गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनको पक्षमा बोलेका मन्त्री लम्सालले आगामी वैशाखमा आफू चुनाव लड्ने बताए।

    प्रदेशको बहालवाला मन्त्रीले पहिलोपटक आफ्नो कार्यकाल नसकिँदै छाडेर प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा जाहेर गरेका हुन्। प्रदेशसभाको कार्यकाल अझै दुई बर्ष बाँकी छ। ‘मान्य मुख्यमन्त्रीज्यू मलाई वैशाखमा चुनाव लड्ने इच्छा छ,’ उनले भने, ‘छिटो यहाँ कल्लाई ल्याएर राख्ने हो, मन्त्रालय चलाउने मन्त्री खोज्नुस्।’

    उनी यतिमै रोकिएनन्। अगाडि रहेका मुख्यमन्त्रीलाई सम्बोधन गर्दै मन्त्री लम्सालले भने, ‘तपाईं मेरो पार्टीको इन्चार्ज पनि हुनुहुन्छ, मलाई संघको टिकट दिनुस्, म आजदेखि फेरि यो संसद आउँछु कि आउँदिन।’

    उनले चुनावमा प्रधानमन्त्री ओलीले भनेकै भनाई दोहोर्‍याए, ‘पहिला ९० सिट हो, अहिले १२० सिट ल्याउँछौं, पहिला ३३ लाख भोट हो, अहिलो ५० लाख भोट ल्याउँछौं।’

    आफूले गत निर्वाचनमा १२ हजार मतले जितेको बताउँदै उनले अब आउने चुनावमा १५ हजार मतले जित्ने दाबी गरे। सिंहदरबारमा मन्त्री नभएको टिप्पणीतर्फ लक्षित गर्दै लम्सालले सरकार चुनावमा जान परेको बेला सिंहदरबारमा को बस्छ भनेर प्रश्न गरे।

    राष्ट्रपतिलाई आँखा नझिम्काइबक्सियोस् भनेर कतिपय सांसदले भन्ने गरेको भन्दै उनले लाहुरेका छोरा सांसद भएकाले उनीहरूले जहिले पनि राजा देख्ने टिप्पणी गरे।

    ‘हामीले राष्ट्रपतिमा जनताको छोरी देख्छौं,’ उनले भने।

    मन्त्री लम्सालले सांसदले उठाएको प्रश्नको जवाफ दिनभन्दा पनि प्रधानमन्त्री ओलीले चालेको कदमको बचाउमा समय खर्चेका थिए। सभामुखले समय सकिएको जानकारी दिँदासमेत बोलिरहेका मन्त्री लम्साललाई दोस्रोपटक पनि उक्त जानकारी दिनुपरेको थियो।

    प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले दोस्रोपटक समय सकिएको जानकारी दिँदै भने, ‘समयको ख्याल गर्नुपर्‍यो, यसको निश्चित समय छ।’

    उनले सभामुखलाई जवाफ फर्काउँदै भने, ‘सभामुख महोदय मन्त्रीका कुनै टाइम हुँदैन, सभामुख महोदयलाई पनि यो राजनीतिक कुरा सुन्दा गाह्रो भो भने म मेरो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।’

    प्रदेशसभाका सभामुख पूर्वमाओवादीबाट निर्वाचित भएका हुन्। मन्त्री लम्साल र सभामुख अधिकारी एउटै जिल्ला पर्वतबाट निर्वाचित भएर प्रदेशसभामा आएका थिए।

    मन्त्री लम्सालले पूर्वप्रधानन्यायाधीशहरूले प्रधानमन्त्री ओलीको कदमका विषयमा विज्ञप्तिमार्फत राखेको धारणालाई समेत होच्याएर बोले।

    ‘यहाँ न्यायमूर्तिले त अदालतमा विचाराधीन विषयमा कुरा राख्छन् भने हामी त राजनीति गर्ने मान्छे,’ उनले भने, ‘उनीहरूले अहिले पनि राज्यको पेन्सन खान्छन्।’

    उनले आफू संविधानसभा सदस्य रहँदा संविधान जारी गर्दाको घटनाका बारेमा पनि बताए।

    संविधान बोकेर संसदको रोष्टममा उभिएका मन्त्री लम्सालले त्यतिबेला संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले यो संविधान दुई सय वर्षका लागि चल्ने बताएको स्मरण गरे। संविधान जारी गर्न तत्कालीन प्रधानमन्त्रीले एक दिनको समय मागेको तर आफू सम्मिलित ४२० जना युवा सांसदको टोलीले एक छिन पनि समय नदिई संविधानका धारा पास गरेको बताए।

    संविधान जारी गर्न नदिन धेरै चलखेल भएको बताउँदै उनले जबरजस्ती ताली बजाएर पास गरेको बताए। ‘मैले त्यतिबेला सुवास दाइलाई यो संविधानले पनि हामीलाई शान्ति दिन्न कि भनेर सोधेको थिएँ, उहाँले यस्तो कुरा पनि गर्नुहुन्छ तपाईंहरू, यो संविधान दुई सय वर्षका लागि लेखेको हो भन्नुभयो,’ लम्सालले भने, ‘सुवास दाइले केही तलमाथि गर्न पर्दैन, आवश्यकता अनुसार संशोधन गर्न सक्छौं, ढुक्क हुनुस्।’

    संविधान जारी भएपछि कानुन बनाउन लाग्दा एकाएक केपी ओली सरकारमाथि अविश्वासको प्रस्ताव ल्याएको उनले बताए। त्यतिबेला आफूले रोष्ट्रमबाटै केपी ओलीलाई हटाएपछि मुलुक अस्थिरतातर्फ जाने बताएको सुनाए।

    तत्कालीन कानुनमन्त्रीले संविधानमा लेखेको सरकार परिवर्तन गर्ने कुरा संसदको संख्याले निर्धारण गर्ने भन्दै भावनामा बहन नहुने जवाफ दिएको लम्सालले बताए। अहिले प्रधानमन्त्री ओलीले चालेको कदम पनि असंवैधानिक र प्रतिगमन भनेर भावनामा बहेको भन्दै उनले यो कसरी असंवैधानिक र प्रतिगमन भनेर प्रश्न गरे।

    आइतबार र सोमबारको बैठकमा नेकपाकै प्रचण्ड–नेपाल पक्षका सांसदले प्रधानमन्त्री ओलीले चालेको कदमको भर्त्सना गरेका थिए। मंगलबार भने प्रचण्ड–नेपाल पक्षका सांसदले बोलेका थिएनन्। उनले प्रधानमन्त्री ओलीविरुद्ध ९० जना प्रतिनिधी सभाका सदस्यले सही गरेर अविश्वासको प्रस्ताव लगेको आरोप लगाए। राष्ट्रपतिलाई र प्रधानमन्त्री ओलीलाई खाली खुट्टा निकाल्न खोजेको समे उनले आरोप लगाए।

    प्रदेश सरकारले ‘गानो जाने’ गरी गरेका कामको प्रचार नभएको समेत उनले दाबी गरे। ‘मेरो हजुरबुबाले सानोमा काम गर्दा मलाई छिटो काम नगर बाबु गानो जान्छ भन्नुहुन्थ्यो, गण्डकी प्रदेश सरकारले गानो जाने गरी काम गरेको छ, कसले भन्दिने यो कुरा?,’ उनले भने।

    यता, काम गर्न सरकारको संयन्त्रले काम गर्न नदिएको भन्दै उनले पुच्छर निमोठ्दा निमोठ्दा भनेजस्तो काम नभएको बताए। ‘मुख्यमन्त्री ज्युले बेदना, पीडा पोख्नुहुन्छ हामीसँग’, उनले भने, ‘पुच्छर भाँचिने गरी काम गरेका छौं, हिड्ने होइन।’

    मिडियाले बिहानै, बेलुकै नकारात्मक खबर मात्र दिने गरेको उनले गुनासो गरे। ‘हामीले कति काम गरेका छौं, हाम्रो मिडियोले त्यो कुरा लेख्दैन,’ उनले भने, ‘जहिल्यै नकारात्मक कुरा।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णयले नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित

    नेपाली काँग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको अन्तिम मिति तोक्यो

    राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन मिति सर्यो

    ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने निणर्य

    आोली द्वारा नेपाली काँग्रेस यतिबेला ठुलो द्विविधामा रहेको आरोप

    ताजा समाचार
    १.

    कोरोना संक्रमणका कारण २४ घन्टामा दुई हजार भन्दा बढिको मृत्यु

    ६ घण्टा अघि
    २.

    कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको लिखित परीक्षा स्थगित

    ७ घण्टा अघि
    ३.

    `भक्ति गर्न आउदा कोरोना रोग भगवानले छेक्नु हुन्छ’ : हलेसी मन्दिर दर्शनगर्न आएका भक्तजनहरु

    ७ घण्टा अघि
    ४.

    यी स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

    ८ घण्टा अघि
    ५.

    आधा शरीर कुहिएको बेवारिसे अवस्थामा एक महिलाको शव फेला

    ८ घण्टा अघि
    ६.

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

    ८ घण्टा अघि
    समाचार
    थप

    आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यका रुपमा स्थापित भएको छ : विष्णुप्रसाद पौडेल

    भारतीय ट्रकको ठक्करबाट झापामा साइकल यात्री मनोज मेचेको मृत्यु

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन

    साँचो खबर
    थप

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • OUR POLICY
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबरonline khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution