लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार दुई सयमा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा छ सयले वृद्धि भई ९२ हजार आठ सय पुगेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार तीन सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा ९१ हजार सात सयमा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा २० ले वृद्धि भएको छ । एक हजार दुई सय ३० मा सोमबार कारोवार भएको चाँदी आज एक हजार दुई सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।