• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

देउवाले प्रधानमन्त्री पाउलान् त?

होमपेज / राजनीति
  • ३२२ पटक पढिएको


  • २०७७ पौष २७, सोमबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जुनस्तरमा विरोध गर्ने ठानिएको थियो,त्यसो भएन । संसद विघटनबिरुद्ध ओलीइतरका लगभग सबै शक्ति आन्दोलित भइरहँदा मुलुककै पुरानो राजनीतिक दलको प्रभावकारी भूमिका खोज्नु स्वभाविक हो । आफूलाई लोकतन्त्र,कानूनी राज्य र विधिको शासनको चर्को वकालत गर्ने काँग्रेस मुलुकमा यति ठूलो राजनैतिक र संवैधानिक संकट गहिरिँदा पनि आन्दोलनको औपचारिक कार्यक्रममा मात्रै सीमित भएको छ ।

    अहिले देउवाले ओलीको धेरै विरोध नगर्ने र ओलीले पनि आन्दोलन बढ्दै गएर आफ्नो नेतृत्व सबैका लागि अस्वीकार्य हुने अवस्था आउँदा देउवालाई सत्ता सुम्पने गोप्य सहमति गरिएको हुनसक्छ ।

    आखिर काँग्रेस किन सडक संघर्षमा आउन खुट्टा कमाइरहेको छ ? नाम उल्लेख नगर्ने शर्तमा काँग्रेसका एकजना केन्द्रीय नेता भन्छन् ‘हाम्रा सभापति ओलीको आश्वासनमा फस्नुभएको छ । त्यसैले उहाँलाई आन्दोलनभन्दा पनि ओलीसँग मिलेर जानेमा रुचि बढेको हो ।’ ती नेताका अनुसार अहिले देउवाले ओलीको धेरै विरोध नगर्ने र ओलीले पनि आन्दोलन बढ्दै गएर आफ्नो नेतृत्व सबैका लागि अस्वीकार्य हुने अवस्था आउँदा देउवालाई सत्ता सुम्पने गोप्य सहमति गरिएको हुनसक्छ ।

    ‘मसँग यसको प्रमाण त छैन तर घटनाक्रमले शंका गर्नपर्ने अवस्थामा पुर्याइदिएको छ’ उनले भने । त्यसो त नेपाली राजनीतिमा प्रत्यक्ष सरोकार राख्ने दक्षिणी छिमेकका एक कूटनीतिज्ञको भनाइले पनि ओली–देउवाको गठबन्धन बनेको हुनसक्नेतर्फ संकेत गरेको छ । नेपालमा सबैलाई मान्य हुने साझा चुनावी सरकार बनाउनुपर्ने उनको धारणाले आशंकालाई ठाउँ दिएको हो । यसलाई कतिपयले दोस्रो खिलराज रेग्मीको पुनरागमनको संकेतका रुपमा अर्थ्याएका छन् ।

    उनले भनेका थिए ‘बैशाखमा नगरेपनि मंसिरमा त गर्लान् नि !

    ओली र देउवाबीच गोप्य सहमति नै नभएपनि देउवाका सार्वजनिक अभिव्यक्तिले भने उनी तत्काल आन्दोलन चर्काउने मनस्थितिमा नरहेको प्रष्ट छ । शनिबार काँग्रेसले प्रदेश निर्वाचन क्षेत्रस्तरीय विरोधसभा गरेको थियो । जसलाई सम्बोधन गर्न हिजो काठमाण्डौको पाँच नम्बर निर्वाचन क्षेत्र पुगेका देउवाले उल्टै चुनावमा जानुपर्ने भन्दै सर्वोच्चको फैसलालाई प्रभावित पार्ने गरी आन्दोलन गर्न नहुने अभिव्यक्ति दिए । पार्टीमा रामचन्द्र पौडेल पक्षको जोडबलका कारण काँग्रेस अहिलेको आन्दोलनमा जान बाध्य भएको कुरा काँग्रेसकै नेताहरुले सार्वजनिक रुपमा बताइसकेका छन् ।

    ओली–देउवाबीच गठबन्धन बनेको हुनसक्ने आशंकालाई बल मिल्ने अर्को सन्दर्भ पनि उल्लेखनीय छ । काँग्रेसका सबै नेताले संवैधानिक परिषद्को बैठकमा नजान देउवालाई सुझाएका थिए । तर देउवा राती राती लुसुक्क बालुवाटार पुगे । देशको राजनीतिक परिस्थितिमा आएको बदलावका कारण भलै भोलिपल्टै बोलाइएको अर्को बैठकमा भने गएनन् । तथापि नियुक्तिको भागबन्डामा ओलीले देउवालाई निरास बनाएनन् । त्यसो भए के चुनावी सरकारको नेतृत्व अब देउवाको पोल्टामा जान्छ त ?

    चुनाव हुनेमा त काँग्रेसकै नेताहरु पनि विश्वस्त छैनन् । देउवा आफै पनि बैशाखमा निर्वाचन नहुनेमा ढुक्क जस्तै देखिएका छन् । एउटा कार्यक्रममा उनले भनेका थिए ‘बैशाखमा नगरेपनि मंसिरमा त गर्लान् नि !’ बैशाखमा चुनाव हुँदैन भन्ने बुझ्दाबुझ्दै पनि आन्दोलनमा जान खुट्टा कमाउनुको देउवाको बाध्यता के त ? काँग्रेसका एक नेता भन्छन् ‘अदालतले संसद विघटनलाई सदर गर्यो भने पनि बैशाखमा चुनाव हुँदैन,त्यसपछि आन्दोलन चर्किंदै जान्छ । मुलुकमा राजनीतिक अस्थिरताले सीमा नाघ्छ । शक्ति केन्द्रहरुको चलखेल झन बढ्छ । त्यस्तो बेला ओलीको विकल्पका रुपमा सभापतिजीले आफूलाई देख्नुभएको हुनसक्छ । ओलीसँग केही सल्लाह भएको छ कि भन्ने आशंका पनि छ ।’ तर ओलीले त्यति छिट्टै देउवालाई सत्ता सुम्पेलान् भन्नेमा उनलाई रत्तिभर विश्वास छैन । ओलीले आफ्नै पार्टीका नेताहरुलाई धोका दिएको नजिकबाट देखेका उनी राजाबाट पटकपटक धोका खाएका देउवालाई पनि ओलीले बाँकी नराख्नेमा कुनै शंका नभएको भन्छन् ।

    ‘सहमति गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने ओलीको शैली नै हो । हाम्रा सभापति त्यस्तोमा फस्न हुँदैन । फस्नुभयो भने उहाँका लागि मात्र हैन काँग्रेसकै लागि दुर्भाग्य हुन्छ ।’ तर,देउवालाई भने प्रधानमन्त्री बन्न हतार छ । अझ चुनावी सरकारको नेतृत्व पाए त झन् फाइदा । तीन वर्षअघि चुनावताका ज्योतिषीले सात पटकसम्म प्रधानमन्त्री बन्ने योग छ भनेको सायद उहाँलाई झल्झली याद आइरहेको होला !

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution