साताको दोस्रो दिन सेयर बजार झिनो अंकले उकालो लागेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागे पनि धेरै कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ । कारोबार रकमका आधारमा कमर्सीयल बैंकहरु नै अगाडि देखिएका छन् ।
सोमबार नेप्से परिसूचक ३ दशमलव ७० अंकले उकालो लागेर २ हजार २ सय ३९ दशमलव ४२ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले उकालो लागेको छ ।
कारोबार रकममा भने त्यति उल्लास देखिएन । दिनभर भएका ४८ हजार ५३ कारोबारबाट २०७ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।