कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जिन एक्सपर्ट विधिवाट परीक्षण गर्दा आइतबार मन्त्री रावललाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।निर्देशक खड्काका अनुसार कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गरिएको छ । चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौं पठाइएको छ ।