प्रधानमन्त्री केपी सारमा ओलीले ‘महान जनयुद्ध ‘ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन् | काठमाडौँमा आयोजित युवा संघको बृहत कार्यकर्तामा प्रधानमन्त्री ओलीले ‘महान जनयुद्ध के भो?फर्सी जस्तैकुहियो|’
बिगतमा जातजातिमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्राउने प्रयास भए पनि असफल बनाइएको ओलीले दाबि गरे|उनले संसद्को निर्बाचन हुदा देश संकटमा नपर्ने जनाएका छन्| प्रधानमन्त्री ओलीले केहि मान्छेले संसद बिघटन हुदा देश संकटमा पर्यो भनेर स्यलहुइया मच्चाएको बताए |
उनले अति जान्ने सुन्ने केहि निस्किएर संबैधानिक इजलासले हुदैन भनेका छन् भन्दै आक्रोस ब्यक्त गरे | ‘कुन संविधानले भन्यो ?’उनले भने , ‘ हण्डीबाट चलेंको बिकाउ व्यक्तिबाट न्यायालय प्रभावित हुदैन |न्यायालयले संसद पुन:स्थापना गर्दैन |