कोरोनाभाइरस संक्रमणबाट बच्नको लागि मानिस–मानिसबीच निश्चित दूरी कायम गर्न विज्ञहरुले सल्लाह दिइरहेका छन् । तर, एक व्यक्तिले दूरी कायम गर्नको लागि यतिसम्म अगाडि बढे कि उनले पूरै जहाज एक्लै बुकिङ गरे । इण्डोनेसियाका यी व्यक्तिले पूरै यात्रुवाहक जहाज एक्लै बुकिङ गरे जुन जहाजमा उनी र उनकी पत्नी मात्रै यात्रु थिए । जाकार्ताका रिचर्ड मुल्जादीले विमानभित्रको तस्वीर पनि पोस्ट गरेका छन् जहाँ उनी र उनकी पत्नी मात्रै यात्रु थिए ।
रिचर्ड आफ्नो भव्य जीवनशैलीको लागि प्रसिद्ध छन् । उनले जाकार्ताबाट बालीसम्म जानको लागि पूरै जहाज बुकिङ गरेका हुन् । उनजले जहाज बुकिङ गर्नको लागि कति पैसा तिरे भन्ने खुलाएका छैनन् तर उनले यो नियमित उडान भर्ने जहाजका सबै सिट बुकिङ गर्नु जहाज चार्टर गर्नुभन्दा सस्तो भएको भने बताएका छन् । जहाज कम्पनी लायन एयरले पनि रिचर्डले पूरै जहाज बुकिङ गरेको पुष्टि गरेको छ । रिचर्ड इण्डोनेसियाका ठूला व्यापारीको रुपमा चिनिन्छन् ।