• मेनु
  • प्रदेश शंस्करण
  • समाचार सार
  • समाचार सार
आज: २०८० जेष्ठ १९, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (29)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि

    बालेन जस्ता केहि यूवाहरु देशमा भए कुनै नेताको आवश्यक पर्दैन ; पुर्व राजा शाह (सहि / गलत )

    ८ महिना अघि

    अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

    ८ महिना अघि

    ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

    ८ महिना अघि

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    ८ महिना अघि
  • समाचार सार
आज: २०८० जेष्ठ १९, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

शिक्षकले किशोरीलाई होटलमा लगेर परीक्षा लिएपछि…

होमपेज / समाज
  • २८० पटक पढिएको

  • २०७७ पौष २५, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • ‘मैले त टेबलमा बस्ने होला भनेको, उहाँले कोठामा लैजानुभयो’, उनले भनिन्, ‘मलाई कस्तो नराम्रो फिलिङ भयो, डर लाग्यो ।’

    शिरीषले कोठामा लगेर ती किशोरीलाई मेजर अंग्रेजी र शैक्षणिक विधिको प्रश्नपत्र र उत्तर पुस्तिका दिए। उनी लेख्न थालिन्। किताब हेरेर उनले एकाध घण्टामै दुई विषयको परीक्षा दिइन्। साँढे ६ बजेतिर उनले उत्तरपुस्तिका शिरीषलाई बुझाइन्।

    परीक्षा सकियो, अब घर जाने होला, किशोरीले सोचिन्। तर शिरीषले भने होटलबाट माछा र भुजा कोठामा मागाए, साथमा बियर पनि।

    ‘मैले खान्न कि खान्न भन्दा पनि सरले खान बाध्य बनाउनुभयो, मैले अलिकति बियर खाएँ,’ किशोरीले भनिन्। उनले ‘ल जाम सर’ भनिन्। उनको मोबाइलमा घरबाट पनि फोन आउन थालेको थियो ।

    घर जाम भन्दा शिरीषले उल्टै कोठामा ढोका लगाए। त्यसपछि भने आफूलाई डर लागेको र ढोका खोल्न लाग्दा ती शिक्षकले रोकेको किशोरी बताउँछिन्।

    ‘मैले जिद्धी गरेर ढोका खोलेरै छाडेँ अनि बाहिर निस्कएँ’, उनले भनिन्, ‘म बाहिर आएपछि सर रिसाउनुभयो।’
    शिरीष पनि बाहिर निस्किए। होटलको काउण्टरमा पुगेर पैसा तिरे। किशोरीलाई पनि पैसा तिर्न लगाए।

    ‘होटलमा हाम्रो बिल २४ सय आथ्यो, म सँग एक हजार थियो, त्यहीं तिरेँ’, किशोरीले भनिन्।

    उनीहरू पोखरास्थित घर फर्किए। शिरिषले नै उनलाई मोटरसाइकलमा लगिदिएका थिए।

    किशोरीलाई अभिभावकले ढिलो हुनुको कारण सोध्दा शिरिषले नै परीक्षा बोर्डमा परीक्षा दिएर आउँदा ढिलो भएको जवाफ दिए। उनले किशोरीलाई पनि त्यहीँ भन्न लगाएका थिए।

    परीक्षा दिएको झण्डै डेढ महिनापछि यो विषयमा विद्यालयमा खासखुस हुन थाल्यो।

    शिक्षकहरूको खासखुस विद्यालय व्यवस्थापन समितिमा पुग्यो।

    ‘त्यो दिन पछि सरहरूसँग मेरो कन्ट्याक्ट छैन,’ किशोरीले भनिन्, ‘कसरी बाहिर आयो थाहा भएन।’

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दवाडीले पुस पहिलो साता होटलमा लगेर परीक्षा दिलाएको थाहा पाए। उनले आफ्नै संयोजकत्वमा छानविन समिति बनाए।

    समितिले छानविन गरेर राष्ट्रिय परीक्षा बोर्ड पोखराको कार्यालयमा प्रतिवेदन बुझाएको छ। घटनाका विषयमा छानविन गरी शिक्षकलाई कारबाहीको समेत माग गरेको उनले बताए।

    विद्यालय व्यवस्थापन समितिमा यो कुरा पुगेपछि परीक्षाका केन्द्राध्यक्ष समेत रहेका विद्यालयका प्रध्यानाध्यापक सूर्य तिवारीले पनि ती किशोरीको परीक्षाको नतिजा स्थगित गर्न माग गरेका छन्।

    घटनाका विषयमा प्रतिक्रिया लिन फोन गर्दा तिवारीले सेतोपाटीलाई भने, ‘राष्ट्रिय परीक्षा बोर्डमा पठाएको छु, यति नै कुरा गर्छु,’ उनले भने।

    यसअघि उक्त परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गर्दथ्यो। यसपाली कोरोना भाइरसको महामारीका कारण बोर्डले विद्यालयलाई नै परीक्षा चलाउन कार्यविधिसहित जिम्मेवारी दिएको थियो।

    घटनाका विषयमा निष्पक्ष छानविन गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

    ‘हामीले निष्पक्ष छानविन गर्दैछौं,’ पौडेलले भने, ‘दोषी भेटिएका जति सबैलाई कारबाही गर्छौं।’

    कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले भने घटनाका बारेमा आफूलाई जानकारी नै नभएको बताए ।

    घटनाको छानविन गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दवाडीले होटलमा लगेर परीक्षा लिएको विषय योजनाबद्ध भएको आशंका गर्छन्।

    ‘योजना नभई हुँदैन’, उनले भने, ‘शिक्षकहरु आर्थिक बार्गेनिङमा फस्नुभयो।’

    उनले पोखराकै पुरानो मध्ये एक राष्ट्रिय माविको गरिमा शिक्षकहरूले नै गिराएको बताए ।

    घटनाको छानविनका क्रममा परीक्षा संचालन गर्दा राष्ट्रिय परीक्षा बोर्डले दिएको कार्यविधिसमेत पुरा नभएको अध्यक्ष दवाडीले बताए।

    ‘कार्यविधि अनुसार केही भएको देखिन्न,’ उनले भने, ‘परीक्षाको रूटिन छैन, परीक्षा सम्बन्धी कुनै पनि बैठक र निर्णय पनि छैनन्।’

    किशोरीलाई जसरी पनि पास गर्ने उद्देश्य शिक्षकहरूको देखिएको उनले बताए। परीक्षाको केन्द्राध्यक्षसमेत रहेका प्रध्यानाध्यापक सूर्य तिवारीले परीक्षाको जिम्मा सहायक केन्द्राध्यक्षलाई दिएर ‘बढी विश्वास गरेको’ बयान छानविन समितिलाई दिएका छन्।

    यता, सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले यसबारे आफूलाई जानकारी नै नभएको बताए ।

    ‘विद्यालय भित्रको परीक्षाको जिम्मेवारी मलाई थियो, बाहिरको होइन,’ उनले भने, ‘परीक्षा सकिएको डेढ महिनापछि यस्तो कुरा आउँदा म पनि झसङ्ग भएको छु।’

    उनले केन्द्राध्यक्षकै निर्देशनमा काम गरेको बताए ।

    प्रश्नपत्र र उत्तरपुस्तिका किशोरीलाई लिएर होटलमा पुगेका शिक्षक शिरीष बस्ताकोटीले भने यस विषयमा प्रतिक्रिया दिन मानेनन्। उनले फोन सम्पर्कमा ‘बढाई चढाई कुराहरू आउँछन्,’ भनेर फोन होल्डमा राखिदिए, पुनः सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन्।

    पोखरा–१ टुँडीखेलस्थित राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षामा २ वटा विषयमा फेल भइन्।

    फेल भएको विषय मेजर अंग्रेजी र शौक्षणीक विधिमा पुन: परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययरत छिन्। गत वर्ष कक्षा ११ मा फेल भएको विषयको परीक्षा यस वर्ष दिन पाइन्थ्यो। उनले पनि पाइन्। तर अरूले झैँ स्वभाविक रूपमा होइन।

    मंसिर अन्तिमतिर परीक्षा चल्दै थियो। विद्यालयका शिक्षक शिरीष बस्ताकोटीले आफूलाई चिनेको ठाउँबारे सोधेको किशोरीले बताउँछिन्।

    ‘अँ हँ, चिनेको छैन सर,’ किशोरीले जवाफ दिइन्।

    ‘त्यसो भए जाउँ भनेर उहाँले मलाई मोटरसाइकलमा बस्न भन्नुभयो। म बसेँ,’ उनले भनिन्, ‘लेखनाथको खोलाकोछेउ स्थित ताल नजिकैको होटल पुगेर रोकिए ।’

    किशोरीले त्यति टाढा होला भनेर सोचेकै थिइनन्।

    ‘मैले त नजिकै होला भनेर गएँ, सरले त्यति टाढा पुर्‍याउनुभयो, उनले सेतोपाटीलाई भनिन्।

    उनका अनुसार घरबाट जाँदा त्यस्तै साँढे ३ बजेको थियो। होटलमा पुगेपछि शिरीषले कोठा बुक गरे।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि
    २.

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि
    ३.

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि
    ४.

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि
    ५.

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि
    ६.

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि
    समाचार
    थप

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने
    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५
    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८
     
    Online Khabar News

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution